News Portal

मकाउमा इतिहास रचेका नेपाली धावकहरुलाई नगद सहित विशेष सम्मान

हिमालीसंचार संवाददाता
२०१४ पटक

फाल्गुण-२२, बुधबार/मकाउ – मकाउमा सन् २०२० सालबाट शुरु गरिएको एमटीआरसी (Macau Trail Running Challenge) रनिङ प्रतियोगितामा नेपाली धावकहरु क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान कायम गर्दै इतिहास रचेका लिलबहादुर गुरुङ, बिरु राई र केशरजंग आलेमगरलाई मायाको चिनो सहित नगद पुरुस्कारले सम्मान गरिएको छ।

नेपाली धावकहरुलाई बक्सिङ खेलका पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र महर्जनको विशेष पहल र कराते खेलका पूर्व राष्ट्रिय खेलाडीहरू गोपाल महर्जन, शान्तिदेवि अधिकारी र फुटबलका सुबन महर्जन लगाएका खेलाडीहरूको विशेष सहयोगमा मकाउमा कार्यरत खेलकूद सगं जोडिका खेलाडीहरूलाई प्रोत्साहन स्वरुप नगद सहित सम्ममान गरिएको हो। 

चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा नेपालीहरू सन् १९९६ देखि रोजगारी सिलसिलामा मकाउमा काम गर्दै आएका हुन्। एमटीआरसी (Macau Trail Running Challenge) नेपाली धावकहरुले रनिङ प्रतियोगितामा यसरी रेकर्ड बनाएको  यो पहिलो पटक हो। त्यसकारण पनि यसलाई विशेष महत्वका साथ हेरिएको एनआरएनए एनसीसी मकाउका  पूर्व अध्यक्ष शान्तिदेवि अधिकारीले हिमालीसंचारडटकमलाई जानकारी दिईन् । 

नेपाली धावकहरुलाई थप हौसला तथा प्रोत्साहन स्वरूप नगद पुरस्कार सहित सम्मान गरिएको हो। करातेका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राम कार्की, बक्सिङका पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र महर्जन, उद्दव कुंवर, सुबन महर्जन, पुर्ण लामिछाने, राजकमार गुरुङ (प्रिन्स), सन्तोष बस्नेत, विकास महर्जन, ऋषी वाईबा, अमृत प्रजापति, मोहोन जंग कार्की, श्याम धले, अनुप तन्डुकार, बसाल कार्की, विकास परियार, सैलेश पाठक, सशान र स्टेप जस्ता व्यक्तिहरूको प्रायोजनमा आर्थिक सहयोग रकम लंकलन गरिएको थियो।

त्यस्तै, नेपाली धवकहरु लिलबहादुर गुरुङ, केशरजंग आले र सुवास (लाल बहादूर) भूजेल हङकङमा आयोजित Salmon Trail Race भाग लिन गएका थिए। सो प्रतियोगितामा केशरजंग आले तेस्रो र सुवास १७औं स्थान ल्याएका थिए।

फोटो फिचरः

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...