News Portal

मोरङ सुनबर्षीका ३५ जना युवा ठग्ने एक युवक फरार

रबिन्द्र बराल, मोरङ
२२९ पटक

फाल्गुण-२२,मंगलबार/मोरङ – मोरङको सुनबर्षी नगरपालिका वडा नं ८ स्थित खरेबारी टोलका ३५ जना युवाहरूको रकम लिएर एकजना युवक फरार भएका छन । वैदेशिक रोजगारीमा पठाउने भन्दै रङ्गेली नगरपालिका वडा नम्बर ७ का ३६ वर्षीय वुद्धना भनिने  अब्दुल मियाले स्थानी युवाहरुको रकम लिएर फरार भएको पिडितहरुले गुनासो गरेका छन्। 

सुनबर्षीका युवाहरुले दिनरात मेहनत, मजदुरी गरेर कमाएको रकम लिएर दलाल फरार भएपछि पिडित युवाहरु तथा उनका परिवारको अहिले विचल्लीमा परेका छन । उनीहरुले गाउँमा ऋण लिएर  वैदेशिक रोजगारीका लागि दलाल अव्दुललाई रकम दिएका थिए ।  

अप्दुल सात दिन अगाडि आफ्नो परिवार सहित  बुधन  राती करिब २ बजे टेम्पुमा सम्पूर्ण सामान र आफ्नो परिवार लहित भागेको श्रोतले जनाएको छ। उनले पटक-पटक गरेर सो टोलका ३५ जना युवाहरुलाई विदेश पठाउने भन्दै रकम लिएको पिडितको भनाई छ। सो टोलका पंकज सिंहको १ लाख, मोहन सिंहको १ लाख ३५ हजार रुपैयाँ लिएर अव्दुल फरार भएपछि यो कुरा सहन नसक्दा पिडितकी श्रीमति आरती सिहको मृत्यु भएको थियो ।

श्रीमान वैदेशिक रोजगारीमा जान नपाएपछि गाउँका  साहुसंग लिएको ऋणको व्याज वढदै गएपछि त्यो पिडाले आरतीले मृत्यु गरेको परिवारले बताए। आरतीको मृत्यु भएपछि उनको नौ महिना बच्चाको विचल्लि भएको छ । उनीहरु मात्र होइन सो टोलका  गंगा सिंहको १ लाख,  मुकेश सिंहको १ लाख,  रवि सिंहको १ लाख,  दिपेन सिंहको १ लाख, घनश्याम सिंहको ५० हजार रुपैया ठगी गरेर अव्दुल फरार भएका हुन् ।

विदेश पठाउने युवाहरुलाई सपना देखाएर उनीहरुसंग अव्दुलले पैसा लिएका पिडित पंकज सिंहको भनाई छ। यस विषयमा प्रहरी कार्यालयमा जाहेरी दिने र प्रहरीले समेत अव्दुललाई प्रहरीले पक्राउ गर्न पहल गर्न समेत अनुरोध गर्ने उनीहरुले बताए। 

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...