News Portal

मोरङ सुनबर्षीका ३५ जना युवा ठग्ने एक युवक फरार

रबिन्द्र बराल, मोरङ
२६७ पटक

फाल्गुण-२२,मंगलबार/मोरङ – मोरङको सुनबर्षी नगरपालिका वडा नं ८ स्थित खरेबारी टोलका ३५ जना युवाहरूको रकम लिएर एकजना युवक फरार भएका छन । वैदेशिक रोजगारीमा पठाउने भन्दै रङ्गेली नगरपालिका वडा नम्बर ७ का ३६ वर्षीय वुद्धना भनिने  अब्दुल मियाले स्थानी युवाहरुको रकम लिएर फरार भएको पिडितहरुले गुनासो गरेका छन्। 

सुनबर्षीका युवाहरुले दिनरात मेहनत, मजदुरी गरेर कमाएको रकम लिएर दलाल फरार भएपछि पिडित युवाहरु तथा उनका परिवारको अहिले विचल्लीमा परेका छन । उनीहरुले गाउँमा ऋण लिएर  वैदेशिक रोजगारीका लागि दलाल अव्दुललाई रकम दिएका थिए ।  

अप्दुल सात दिन अगाडि आफ्नो परिवार सहित  बुधन  राती करिब २ बजे टेम्पुमा सम्पूर्ण सामान र आफ्नो परिवार लहित भागेको श्रोतले जनाएको छ। उनले पटक-पटक गरेर सो टोलका ३५ जना युवाहरुलाई विदेश पठाउने भन्दै रकम लिएको पिडितको भनाई छ। सो टोलका पंकज सिंहको १ लाख, मोहन सिंहको १ लाख ३५ हजार रुपैयाँ लिएर अव्दुल फरार भएपछि यो कुरा सहन नसक्दा पिडितकी श्रीमति आरती सिहको मृत्यु भएको थियो ।

श्रीमान वैदेशिक रोजगारीमा जान नपाएपछि गाउँका  साहुसंग लिएको ऋणको व्याज वढदै गएपछि त्यो पिडाले आरतीले मृत्यु गरेको परिवारले बताए। आरतीको मृत्यु भएपछि उनको नौ महिना बच्चाको विचल्लि भएको छ । उनीहरु मात्र होइन सो टोलका  गंगा सिंहको १ लाख,  मुकेश सिंहको १ लाख,  रवि सिंहको १ लाख,  दिपेन सिंहको १ लाख, घनश्याम सिंहको ५० हजार रुपैया ठगी गरेर अव्दुल फरार भएका हुन् ।

विदेश पठाउने युवाहरुलाई सपना देखाएर उनीहरुसंग अव्दुलले पैसा लिएका पिडित पंकज सिंहको भनाई छ। यस विषयमा प्रहरी कार्यालयमा जाहेरी दिने र प्रहरीले समेत अव्दुललाई प्रहरीले पक्राउ गर्न पहल गर्न समेत अनुरोध गर्ने उनीहरुले बताए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...