News Portal

मोरङको धनपालथानका सशस्त्र प्रहरी डीएसपी बस्याल मृत फेला

रबिन्द्र बराल, मोरङ
५५६ पटक

फाल्गुण-२१, सोमबार/मोरङ – मोरङको धनपालथानका प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।  

उनी गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले हिमालीसंचारडटकमसंग बताए । 

डिएसपी बस्यालको स्थायी ठेगाना पाल्पा भएको र उनको परिवार काठमाडौंमा बस्दै आएको जानकारी प्राप्त भएको छ। सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआइजी अन्जनी पोखरेलले घटनाको विस्तृत विवरण आइ नसकेको समेत जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...