News Portal

खोटाङमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यु

हिमालीसंचार संवाददाता
३७८ पटक

फाल्गुन-२०, आइतबार/काठमाडौं – खोटाङको दिक्तेलमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको धटना स्थलमै मृत्यु भएको छ।

खोटाङको दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बा. प्र. ०१–००६ ख २४०२ नम्बरको टिपर र हलेसीबाट दिक्तेलतर्फ आउँदै गरेको स. ९ प. १२१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका २५ वर्षीय टंकल राईको धटना स्थलमै मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेको कामीडाँडा स्थित आज आइतबार बिहान करिब दश बजे टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाईकलमा सवार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त धटना पश्चात टिपर चालक उदयपुर कटारी नगरपालिका-३ का ४३ वर्षीय पदमकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...