News Portal

  • मोरङको रंगेली बसपार्कमा सेन्टिगेटका कारण यात्रुहरु मर्कामा

    रबिन्द्र बराल, मोरङ
    ३४८ पटक

    फाल्गुन-२०, आईतबार/मोरङ – मोरङको रंगेली विराटनगर सडक खण्डमा संचालित  पुर्वी सुनौलो यातायात संघद्वारा संचालनमा आएको सार्वजनिक बसहरु समयमै नपाउदा स्थानीय, बिधार्थी, बिरामीहरु समस्यामा पर्ने गरेका छन ।

    रंगेली बसपार्कबाट दैनिक १५-१५ मिनेटको अन्तरालमा रंगेलीदेखि विराटनगरसम्म बस संचालन हुदै आएता पनि बिहानको समयमा पहिलो बस ६:३० बजे बसपार्कबाट विराटनगरसम्म छुटी सक्नुपर्ने भएता पनि सेन्टिगेटको लापरवाहीका कारणले गर्दा प्राय जसो दुईवटा नम्बर एकै पल्ट पठाउने  र यात्रुहरुलाई समेत गाडिमा क्षमताभन्दा बढी यात्रु लिएर जाने गरेको स्थानीयले आरोप लगाएका छन । 

    स्थानीय राम भरोस शर्माले प्रत्येक साताको तीन दिन आफ्नो बुवालाई मोरङ सहकारी अस्पताल विराटनगरमा डायलासिसको लागि सार्वजनिक बसमा जाने र  ढिलो अस्पताल  पुग्दा  दिनभरी समय लाग्ने गरेको र बिरामीलाई समेत समस्या हुने गरेको शर्माले बताए । 

    स्थानीय शम्भु राईका अनुसार आफूले पनि दैनिक आफ्नो छोरीलाई विराटनगरमा पढाइको लागि  सार्वजनिक यातायातबाट पठाउने गरेको र सवारी साधन समयमै नपाउँदा पढाइमा समेत बाधा पुग्ने गरेको राईले हिमालीसंचारडटकमसंग बताए। 

    रंगेली बसपार्कबाट दैनिक ४९ वटा सार्वजनिक यातायात समेत संचालन हुदै आएको छ । उक्त बसपार्कबाट विराटनगर, होक्लावरी, आमबारी, अमरदह, कानेपोखरी, भाउने, झुर्किया, कल्यणपुर  लगायतका स्थनाहरुमा यातायात संचालन हुदै आईरहेको छ । 

    यता सेन्टिगेटका भुवन रायका अनुसार कहिलेकाहीँ यातायातहरू रिजर्भ जानु पर्ने भएको समयमा यस्तो समस्या आउने गरेको बताउछन्। र, बाँकी दिनमा त्यस्तो समस्या नभएको उनले हिमालीसंचारडटकमसंग बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...