News Portal

फुलखर्क कल्याणकारी समाजको १०औं वार्षिक साधारण सभा सम्पन्न

हिमालीसंचार संवाददाता
७७२ पटक

फाल्गुन-१९,शनिबार/धादिङ – गंगाजमुना गाँउपालिका वडा नम्वर-५ कार्यक्षेत्र बनाई त्यहाँको स्थानीय जनताको दु:ख पिडा, दैविक प्रकोप जस्ता घाउमा मलमपट्टी लगाउने गरी कार्य गर्दै आएको फुलखर्क कल्याणकारी समाजले आफ्नो १०औं वार्षिक साधारण सभा कार्यक्रम सरोकार राख्ने निकाएहरुको उपस्थितिमा काठमाडौं स्थित साउथ वेस्टन स्टेट कलेजको सभाहलमा सम्पन्न गरेको छ ।

आयोजित कार्यक्रम धादिङ जिल्ला समन्वय प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रममा प्रजुन अधिकारी, कालिका वानियाँ, किपका कोषाध्यक्ष ऋषि प्रसाद नेपाल, सहकारी अभियन्ता मदन अधिकारी, अधिवक्ता अकेला वानियाँ, भिटोफका अध्यक्ष गोपाल थापा, छहारि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामेश्वर अधिकारी, साउथ वेस्टर्न कलेजका भाइस प्रिन्सिपल हरी सिंह केसी, संस्थाका पुर्वअध्यक्ष रामकुमार अधिकारी, स्वास्थ्य अभियन्ता यसोदा अधिकारी, ग्यास विक्रेता महासंघका अध्यक्ष चन्द्र वहादुर थापा, नेका धादिङका उप-सभापती दल बहादुर अधिकारी, गंगा जमुना गाँउपालिका वडा नं ५ का वडाअध्यक्ष कुमार वहादुर अधिकारीले शुभकामना मन्तव्य राखेका थिए।

त्यस्तै, आयोजित कार्यक्रममा अग्रज व्यक्तित्व वेग वहादुर अधिकारीको अविभावकीय उपस्थिती रहेको थियो। शुभकामना मन्तव्यको क्रममा संस्थाले कार्यक्षेत्र विस्तार गर्नु पर्ने विषय राखेका थिए। सहयोग गर्न इच्छुकहरुसंग  सहयोग लिएर एम्वुलेन्स र उपचार खर्च अभावका कारण समस्या परेका विरामीलाई सहयोग गर्ने संस्थाको उदेश्यलाई सवै वक्ताहरुबाट साथ सहयोग सहित धन्यवाद ज्ञापन गरिएको थियो ।

उक्त कार्यक्रममा चन्द्र वहादुर थापाले समृद्ध गंगाजमुना निर्माणको लागि कृषि सम्मेलन, पर्यटन सम्मेलन, औधौगिक सम्मेलन, शैक्षिक सम्मेलन तत्काल स्थानीय निकाएबाट आह्वान गर्नु पर्नेमा जोड दिएको थियो। होमस्टे गंगा जमुना केवुलकार, जडिवुटी उधोग, चिया खेती, कफी खेती अदुवा खेती, उखुँ खेती जस्ता व्यवसायका लागि राम्रो सम्भावना रहेको गंगा जमुना गाउँपालिकामा स्थानीय निकाएबाटै लगानी मैत्री वातावरण वनाउनु पर्ने थापाले जोड दिएका थिए।

पछिल्लो समय रोजगारी र उच्च शिक्षाको नाउँमा गाँउबाट शहर र शहरबाट विदेश जाने क्रम वढ्दा गाँउ नै खाली हुने सम्भावना बढेको कारणले गाउँमै रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेण्टी गरी गाँउ खाली हुनबाट रोकिनु पर्ने थापाको जोड थियो।

आयोजित कार्यक्रममा गंगाजमुना गाँउपालिका वडा न ५ का वडाअध्यक्ष एवं पालिका प्रवक्ता कुमार वहादुर अधिकारीले जनप्रतिनिधीहरु जवाफदेही हुनु पर्छ। जिम्मेवार अनि इमान्दार जनप्रतिनिधीबाट मात्रै परिवर्तन सम्भव हुने उनको धारणा थियो। हामी समृद्ध गंगा जमुना निर्माणमा परिणाम आउने गरेर काम गरी रहेका छौ। 

स्थानीय विशेषता झल्किने होम स्टेको अवधारणा अगाडी वढाएका छौं । इच्छुक  व्यवसायी एवं लगानी कर्ताहरुलाई लगानी मैत्री वातावरण वनाएका छौं । पालिका भित्र १२ कक्षासम्म निशुल्क पढन पाउने व्यवस्था मिलाएका छौं। कार्यक्रममा ९६ वर्षका अग्रज व्यक्तित्व वेग वहादुर अधिकारीले विगतका आफ्ना संघर्षहरु स्मरण गराउदै यस्तो धार्मिक नगरी, पर्यटकीय नगरी, कृषी उर्वराभुमी सुन्दर गंगा जमुना गाँउपालिकालाई सुविधा सम्पन्न वनाउन जनप्रतिनिधीहरुको मुख्य भुमिका रहने धारणा राखे। 

कार्यक्रममा प्रमुख अतिथि धादिङ जिल्ला समन्वय प्रमुख नवराज अधिकारीले गंगाजमुना गाँउपालिका पहिले भन्दा पछिल्लो समयमा विकास निर्माणमा धेरै परिवर्तन भएको बताए। तर, गाँउको वस्तीहरु खाली हुदै गएकोमा चिन्ता व्यक्त गरेका थिए। त्यहाँको ढुङा, चुन ढुङा र खानीजन्य उधोगलाई आयश्रोतको रुपमा लिन सकिने बताए।

त्यस्तै, आयोजित कार्यक्रममा उत्कृष्ट विध्यार्थी निरुता थापा र उत्कृष्ट कृषक चन्द्र वहादुर कार्कीलाई विशेष सम्मान गरिएको थियो। उनीहरुलाई प्रोतसाहन स्वरुप जनही नगद पाँच हजार पुरस्कार सहित सम्मान गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...