News Portal

धरान वडा नं. १८ वडा कार्यालयद्वारा धरानका दलित महिला संजाललाई कार्यालय सामाग्री प्रदान

बिकास चाम्लिङ राई, धरान
३३० पटक

फाल्गुन-१८, शुक्रबार/धरान – धरान उपमहानगरपालिका वडा नं. १८ कार्यालयले दलित महिला संजाल धरान नगर कमिटिलाई कार्यालय प्रयोजनका लागि कार्यालय सामग्री प्रदान गरेको छ ।

वडा कार्यालयले शुक्रवार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। वडा कार्यालयले करिव ४० हजार रुपैया बरापरको एक थान अफिस टेवल, स्टिल दाराज एक थान र कुर्सी एक थान प्रदान गरेको छ। 

कार्यक्रमका सभाध्यक्ष वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई “प्रविण”ले संजालका अध्यक्ष सुनिता सेन्चुरीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।दलित महिला संजाल संस्था दलित महिलाहरुको हक, हितका लागि विस २०७५ सालमा स्थापना भएको संजालका सल्लाहकार सकुन्तला त्रिखत्रीले जानकारी गराइन्। 

संस्था स्थापना भएपनि संस्था संचालनका लागि कार्यालयका लागि कोठा नभएपछि धरान-११ स्थित आफ्नै घरको एक कोठा कार्यालय प्रयोजनका लागि प्रयोग गरिरहेकी उनले जानकारी दिईन्। गत साल पनि १८ न. वडा कार्यालयले नै कार्यालयको लागि कुर्सी प्रदान गरेको थियो ।

महिला संजाल संस्थामा धरान उपमहानगरपालिका धरान भित्रका दलित महिलाहरु आवद्ध रहेको उनले वताए। सहयोग हस्तान्तरण कार्यक्रममा अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, धरान १८ नं वडा सदस्य जमुना त्रिखत्रि मोक्तान, दिलकुमारी राई, देवान चाम्लिङ, वडा सचिव धर्मराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...