News Portal

मोरङको रंगेलीमा रहेका सद्भभावले रक्तदान कार्यक्रम आयोजना, ३५ पाउन्ट प्रिन्ट रगत संकलन

रबिन्द्र बराल, मोरङ
२०८ पटक

फाल्गुन-१८, शुक्रबार/मोरङ – “रक्तदान जीवन दान, सानो प्रयास जीवनको आस” भन्ने मुल नाराका साथ सद्भाव बचत तथा सहकारी संस्था लिमिटेडले आफ्नो १५औं स्थापना दिवसको अबसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ।

मोरङको रंगेली ७ स्थित विस २०६६ सालमा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले प्रत्येक बर्ष खुल्ला रक्तदानको कार्यक्रम गर्दै आएको छ। सद्भाव बचत तथा ऋण सहकारी संस्थानको  आयोजना तथा नेपाल रेडक्रस सोसाईटी विराटनगरको सहयोगमा सद्भावले आफ्नो सभाहलमा  रक्तदान कार्यक्रम गरेको थियो।  

रंगेली नगरपालिका, सुनबर्षी नगरपालिका, धनपालथान गाउँपालिकाको स्थानीय युवा,  युवती,  पव्लिक उच्च माध्यमिक बिधालयका बिधार्थी, शिक्षक, बैकका कर्मचारी तथा पूर्ण दृष्टिविहीन उमेश कुमार रिषिदेवले समेत रक्तदान गरेका छन ।  

सद्भाबले आयोजना गरेको रक्तदान कार्यक्रम मार्फत ३५ पाउन्ट प्रिन्ट रगत संकलन भएको थियो। आगामी दिनहरूमा समेत यस्तो सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने संस्थाका अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले हिमालीसंचारडटकमसंग बताए। 

रक्तदान कार्यक्रममा सहभागीहरूलाई पब्लिक उच्च माध्यमिक विद्यालयका प्राधानाध्यापक अरविन्द कुमार साह संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, संस्थाका श्रीप्रसाद ठाकुर लगायतले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...