News Portal

मोरङको रंगेलीमा रहेका सद्भभावले रक्तदान कार्यक्रम आयोजना, ३५ पाउन्ट प्रिन्ट रगत संकलन

रबिन्द्र बराल, मोरङ
२४२ पटक

फाल्गुन-१८, शुक्रबार/मोरङ – “रक्तदान जीवन दान, सानो प्रयास जीवनको आस” भन्ने मुल नाराका साथ सद्भाव बचत तथा सहकारी संस्था लिमिटेडले आफ्नो १५औं स्थापना दिवसको अबसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ।

मोरङको रंगेली ७ स्थित विस २०६६ सालमा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले प्रत्येक बर्ष खुल्ला रक्तदानको कार्यक्रम गर्दै आएको छ। सद्भाव बचत तथा ऋण सहकारी संस्थानको  आयोजना तथा नेपाल रेडक्रस सोसाईटी विराटनगरको सहयोगमा सद्भावले आफ्नो सभाहलमा  रक्तदान कार्यक्रम गरेको थियो।  

रंगेली नगरपालिका, सुनबर्षी नगरपालिका, धनपालथान गाउँपालिकाको स्थानीय युवा,  युवती,  पव्लिक उच्च माध्यमिक बिधालयका बिधार्थी, शिक्षक, बैकका कर्मचारी तथा पूर्ण दृष्टिविहीन उमेश कुमार रिषिदेवले समेत रक्तदान गरेका छन ।  

सद्भाबले आयोजना गरेको रक्तदान कार्यक्रम मार्फत ३५ पाउन्ट प्रिन्ट रगत संकलन भएको थियो। आगामी दिनहरूमा समेत यस्तो सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने संस्थाका अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले हिमालीसंचारडटकमसंग बताए। 

रक्तदान कार्यक्रममा सहभागीहरूलाई पब्लिक उच्च माध्यमिक विद्यालयका प्राधानाध्यापक अरविन्द कुमार साह संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, संस्थाका श्रीप्रसाद ठाकुर लगायतले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...