News Portal

गृह मन्त्रालयको ढिला सुस्तिका कारण मोरङको रंगेलीमा डेढ बर्षदेखि कार्यालय प्रमुख बिहिन

रविन्द्र बराल, मोरङ
४५१ पटक

फाल्गुन-१७,बिहिबार/मोरङ – मोरङको इलाका प्रशासन कार्यालय रंगेलीमा विगत डेढ वर्षदेखि कार्यालय प्रमुख बिहिन भएको छ। पछिल्लो समय  सेवाग्राहीले हप्तामा दुई दिन मात्रै सेवा पाइरहेका छन्।

कार्यालय प्रमुख हुँदा उक्त कार्यालयबाट दैनिक ७० देखि ८० वटासम्म प्रतिलिपी र नयाँ नागरिकता  वितरण गर्दै आएको थियो। यो कार्यालयबाट नाबालक परिचय पत्र जातीय प्रमाणितको सिफारिस, नागरिकता प्रतिलिपी, नयाँ नागरिकता वितरण समेत गर्दे आईरहेको छ।

यस कार्यालयबाट रङ्गेली नगरपालिका, सुनबर्षी नगरपालिका,  रतुवामाई  नगरपालिका, धनपालथान गाउँपालिकाको वडा नम्बर-२, ३ र ४ कानेपोखरी गाउँपालिका वडा नम्बर १ का सर्वसाधारणहरूलाई समेत सेवा दिँदै आइरहेको छ। 

गत एक बर्ष अगाडि सोही कार्यालयका निर्मल खतिवडालाई निमित्त प्रमुख तोकेपछि काम भने सुचारू रहेको थियो । एक वर्ष कार्यकाल समेत सम्पन्न भइसकेपछि अहिले नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले अहिलेसम्म सो ठाउँमा शाखा अधिकृत नपठाउदा सेवा ग्राहीहरु दैनिक कार्यालयमा काम लिएर आएका सेवाग्राहीहरु कार्यालय प्रमुख नहुदा घर फर्कन बाध्य छन । 

जिल्ला प्रशासन मोरङको प्रमुख प्रेम प्रसाद भट्टराईका अनुसार आफुले गृह मन्त्रालयलाई बारम्बार पत्र सहित जानकारी गराउदा समेत अहिलेसम्म कर्मचारी नपठाएको र जिल्लामा समेत शाखा अधिकृतको दरवन्दि ४ जना रहेता पनि अहिलेसम्म २ जना मात्रै रहेको समेत बताए ।  

सेवा ग्राहीहरुलाई केही मात्रामा सहज होस भनेर आफ्नो अधिकार क्षेत्रमा रहेको कार्मचारीलाई  हप्ताको दुई शुक्रबार र मंगलबार उक्त ठाउँमा कर्मचारी पठाउने गरेको जिल्ला प्रमुख प्रेम प्रसाद भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...