News Portal

गृह मन्त्रालयको ढिला सुस्तिका कारण मोरङको रंगेलीमा डेढ बर्षदेखि कार्यालय प्रमुख बिहिन

रविन्द्र बराल, मोरङ
४१५ पटक

फाल्गुन-१७,बिहिबार/मोरङ – मोरङको इलाका प्रशासन कार्यालय रंगेलीमा विगत डेढ वर्षदेखि कार्यालय प्रमुख बिहिन भएको छ। पछिल्लो समय  सेवाग्राहीले हप्तामा दुई दिन मात्रै सेवा पाइरहेका छन्।

कार्यालय प्रमुख हुँदा उक्त कार्यालयबाट दैनिक ७० देखि ८० वटासम्म प्रतिलिपी र नयाँ नागरिकता  वितरण गर्दै आएको थियो। यो कार्यालयबाट नाबालक परिचय पत्र जातीय प्रमाणितको सिफारिस, नागरिकता प्रतिलिपी, नयाँ नागरिकता वितरण समेत गर्दे आईरहेको छ।

यस कार्यालयबाट रङ्गेली नगरपालिका, सुनबर्षी नगरपालिका,  रतुवामाई  नगरपालिका, धनपालथान गाउँपालिकाको वडा नम्बर-२, ३ र ४ कानेपोखरी गाउँपालिका वडा नम्बर १ का सर्वसाधारणहरूलाई समेत सेवा दिँदै आइरहेको छ। 

गत एक बर्ष अगाडि सोही कार्यालयका निर्मल खतिवडालाई निमित्त प्रमुख तोकेपछि काम भने सुचारू रहेको थियो । एक वर्ष कार्यकाल समेत सम्पन्न भइसकेपछि अहिले नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले अहिलेसम्म सो ठाउँमा शाखा अधिकृत नपठाउदा सेवा ग्राहीहरु दैनिक कार्यालयमा काम लिएर आएका सेवाग्राहीहरु कार्यालय प्रमुख नहुदा घर फर्कन बाध्य छन । 

जिल्ला प्रशासन मोरङको प्रमुख प्रेम प्रसाद भट्टराईका अनुसार आफुले गृह मन्त्रालयलाई बारम्बार पत्र सहित जानकारी गराउदा समेत अहिलेसम्म कर्मचारी नपठाएको र जिल्लामा समेत शाखा अधिकृतको दरवन्दि ४ जना रहेता पनि अहिलेसम्म २ जना मात्रै रहेको समेत बताए ।  

सेवा ग्राहीहरुलाई केही मात्रामा सहज होस भनेर आफ्नो अधिकार क्षेत्रमा रहेको कार्मचारीलाई  हप्ताको दुई शुक्रबार र मंगलबार उक्त ठाउँमा कर्मचारी पठाउने गरेको जिल्ला प्रमुख प्रेम प्रसाद भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...