News Portal

श्री मावि घोपालाई लायन्स विजयपुरद्धारा शैक्षिक सामग्री वितरण

विकास चाम्लिङ राई, धरान
१८६ पटक

फाल्गुण-१५, मंगलबार/धरान – लायन्स क्लव अफ धरान विजयपुरद्धारा धरान-१७ टेम्के चौक स्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

क्लवले मंगलवार विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरेर घोपा स्कुलका ७ कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री र जेहेन्दार एक छात्र र एक छात्रा विद्यार्थीलाई स्कुल पोशाक प्रदान गरेको हो । क्लवले १ सय ६० विद्यार्थीहरुलाई करिव ३३ हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् । 

शैक्षिक सामग्रीका लागि सहयोग रकम धरान ८ निवासी हाल बेलायत बस्नु हुने दल याङदेन र उनको श्रमती गिता याङदेनले उपलव्ध गराएका हुन । उनिहरुले आफ्नो २७औं वैवाहिक वर्षगाठको अवसरमा सामाजिक कार्यका लागि रकम उपलव्ध गराएका हुन । उनीहरुले आफ्नो वैवाहिक वर्षगाठको अवसरमा नियमित रुपमा सामाजिक कार्य गर्दै आइरहेको उनको साथी समेत रहेका एलसिआइएफ जिल्ला संयोजक लायन्स रेखा गुरुङले जानकारी दिए। उनका अनुसार गुरुङकै पहलमा सहयोग रकम क्लवलाई प्रदान गरेका हुन ।

उक्त सामग्री कार्यक्रमका सभाध्यक्ष लायन्स विजयपुरका अध्यक्ष उमा ताम्रकार, प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक गभर्नर धिरज गुरुङ, प्रोटोकल चिफ लायन्स विपिन सुब्बा, समाजेवी सम्राट श्रेष्ठ, व्लड चिफ टंक गुरुङ लगायतले वितरण गरेका थिए ।

श्री मावि घोपा स्कुल २०२६ सालमा स्थापना भएको विधालय हो । हाल शिसु कक्षादेखि १० कक्षासम्म अध्यपन भइरहेको छ । विद्यालयमा हाल २ सय ३४ जना विद्यार्थीहरु अध्ययनरत छन् । आयोजित कार्यक्रममा विद्यालयका प्रधानध्यापक रवि भुजेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन राई, लायन्स एकता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...