News Portal

  • राष्ट्रपति खेलकूदमा पब्लिक माध्यमिक बिधालय माध्यमिक प्रथम

    रबिन्द्र बराल, मोरङ
    ९८ पटक

    फाल्गुन-११,शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिकामाको यस वर्षको १६औं ओटट संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता उपाधी पब्लिक माविले जितेको हो।

    गत ८ गतेदेखि शुरु भएको खेल १० गतेसम्म भएको खेलमा पब्लिक उच्च माध्यमिक बिधालय रंगेलीले ५८ पदक सहित नगद २५ हजार रुपैयाँ सहित प्रथम हुन सफल भएको हो। 

    जनता क्याम्पसको खेल मैदानमा भएको सो खेलमा पब्लिकले ३५ स्वर्ण, १५ रजत र ८ कास्य पदक  सहित प्रथम स्थान हासिल गरेका हुन्। त्यसैगरी प्रगतिशिल माध्यमिक बिधालय दौलतपुरले २५ स्वर्ण, १५ रजत र तीन कास्य सहित नगद २० हजार नगद सहित द्वितिय भए।  

    महेन्द्र माध्यमिक बिधानमण्डल  मंगलबारले १५ स्वर्ण, १२ रजत, पाँच कास्य प्रप्त गर्दे नगद १५ हजार रुपैयाँ सहित तृतीय स्थान भएको हो। १५ स्वर्ण, ६ रजत, २ कास्य जितेको महालक्ष्मि माध्यमिक बिधालय  दर्वेशाले नगद ७ हजार सहित सान्तवना पुरस्कार जित हासिल गरेको थियो ।

    प्रतियोगिताका विजेता खेलाडी विद्यार्थीहरु, प्रशिक्षक र विद्यालयलाई  प्रमुख अतिथि रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, सामाजिक विकास समितिका संयोजक अवधेश मण्डल, शिक्षा शाखा प्रमुख रविन्द्रकुमार पण्डित, सबै वडाका वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्यहपु, वडा सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्याकलगायतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

    प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यालयरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै प्रतियोगिता अबधिभर सहभागी हुने सबै विद्यालय, खेलाडी र प्रशिक्षकलाई सहभागीताको प्रमाणपत्र वितरण गरिएको थियो । 

    सो अबसरमा बोल्दै उपमेयर पराजुलीले प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर भएको बताइन् । उनले विद्यार्थीको रुची अनुसार खेलहरु खेलाउनुपर्ने बताउदै खेलकुद प्रतियोगिता स्वास्थ्य र मनोरञ्जनका लागि पनि भएको बताइन् । 

    उपमेयर पराजुलीले रंगेलीमा खलकुदको विकासका लागि नगरपालिकाले आवश्यक लगानी गर्ने समेत प्रतिवद्धता जनाइन् । प्रतियोगितामा १३ सामुदायिक र ७ वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो। प्रथम हुने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउने भएका छन ।

    आयोजित प्रतियोगितामा छात्र र छात्राको एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड, सटपुट, कबड्डी, भलिबल, ट्रिपलजम्प, ज्याव्लिन थ्रो, लङ जम्प, हाइजम्पल, कराँतेलगायतको खेलमा प्रतिष्पर्धा भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal