News Portal

एसीसी महिला प्रिमियर कप: आज क्वार्टरफाइनलमा कुवेतसँग भिड्दै नेपाल

हिमालीसंचार संवाददाता
२४८ पटक

काठमाण्डौ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत नेपाल आज क्वार्टर फाइनलमा कुवेतसँग भिड्दैछ। मलेसियाको वाईएसडी ओभल मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८/८ विकेट र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले हराएको थियो। कुवेतले भने समूह चरणमा सिंगापुरलाई १० विकेट र म्यान्मारलाई २७ रनले हराएको थियो भने थाइल्यान्डसँग ९६ रनले हारेको थियो।

आजै क्वार्टरफाइनलका अरू दुई खेल पनि हुँदै छन्। जसमा मलेसिया र जापान तथा हङकङ र थाइल्यान्ड भिड्दैछन्।

१६ देश सहभागी महिला प्रिमियर कपमा नेपालसहित थाइल्यान्ड, कुवेत, यूएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ गरी ८ मुलुक क्वार्टर फाइनलमा पुगेका छन्। म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...