News Portal

भारतिय भुमिमा नेपालीको हत्या !

हिमाली संचार संवाददाता
५९५ पटक

रबिन्द्र बराल
१६ कार्तिक : झापाको गौरीगञ्ज वडा नँ २ सँग सीमाना जोडिएको भारतको पल्सा भन्ने ठाउमा एक नेपाली ब्यक्तीको शव हत्या गरेर गाडीएको अबस्थामा फेला परेको छ । सो शव गौरीगञ्ज वडा नँ २ साबिकको कोरोबारी ७ निबासी अलखचन राजवँशीको रहेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले पुष्टि गरेको छ । मृतक राजवँशी गत कार्तिक १२ गते सोमबार देखि सँम्पर्क बिहिन रहेको कुरा मृतककी श्रीमती गेद्रो देवी राजवँशीले जनाएकी छन् । शुक्रबार बिहानै ६ बजे स्थानीयले शव देखेर प्रहरीलाई खवर गरेका थिए । उक्त शव दिउँसो १ बजे प्रहरीले खाल्डाेबाट निकालेका थिए ।

धामी झाँक्रीको काम गर्ने राजवँशीलाइ गत सोमबार दिना भन्ने भारतिय नागरिकले धामी बस्न भारतको खरखरिया भन्ने ठाउँमा लिएर गरेको र त्यहि दिन देखि राजवँशी परिबारको सँपर्कमा नआएको कुरा पारिबारिक श्रोतलाइ उद्रित गर्दै बघाचौधरीका स्थानीय धर्मनारायण राजवँशीले बताए । मृतक राजवँशी पाच दिन देखि सँम्पर्क बिहिन रहेपनि परिवारले आज मात्र प्रहरीलाइ जानकारी गराएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल र भारतको सीमाको रुपमा रहेको कन्काइ नदि पारी काँस घारीमा करिब ३ फिट गहिरो खाल्डोमा नाँगै गाडीएको अबस्थामा शव बरामद भएको छ । लाशको प्रकृती हेर्दा घाँटीमा धारीलो हतियारले रेटेर हत्या गरेको हुन सक्ने कुरा इप्रका गौरीगञ्जका इन्सपेक्टर टेकेन्द्र पौडेलले बताए ।

काँस काट्न आउनेहरुले हिजो काँस घारी भित्र छोपी चश्मा र रगतको टाँटा देखे पछि स्थानिय र आफन्तहरुले आज बिहान प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गौरीगञ्जले भारतिय प्रहरीसँग समन्बय गरि खोज्दै जादा टोपी र चश्मा फेला परेको स्थानबाट करिब ४० मिटर उत्तर तिर खनिएको नयाँ माटो देखे पछी सो स्थान खनि हेर्दा शव बरामद भएको हो ।

शव धारतिय भुमिमा बरामद भएपनि अनुसन्धान सहयोगमा भारतिय प्रहरी उदाशिन देखिएको छ । भारतिय भुमिमा शव भेटिदा भारतिय पक्षले प्रारम्भिक कानुनी प्रकृया पुरा गर्नु पर्ने हो तर माटो भित्रबाट शव समेत झिक्न भारतिय प्रहरीले चासो नदेखाएपछी स्थानीयहरुको सहयोगमा नेपाल प्रहरीले नै शव बाहिर निकालेका थिए ।

स्थानीयहरुसँग मिलेर नेपाल प्रहरीका जवानहरुले शव झिकिरहदा भारतिय प्रहरीहरु रमितेका भिड बनिरहेका थिए । यद्यपी शबलाइ पोष्टमार्टमका लागि भारतिय प्रहरीले नै लिएर गएको छ । मन्दिर टोला पल्साका थाना प्रभारी शशीभुषण कुमारका अनुसार प्रारम्भिक कानुनी प्रकृया पुरा गरेर शव नेपाली पक्षलाइ बुझाउने कुरा बताएका छन् ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...