News Portal

भारतिय भुमिमा नेपालीको हत्या !

हिमाली संचार संवाददाता
६१९ पटक

रबिन्द्र बराल
१६ कार्तिक : झापाको गौरीगञ्ज वडा नँ २ सँग सीमाना जोडिएको भारतको पल्सा भन्ने ठाउमा एक नेपाली ब्यक्तीको शव हत्या गरेर गाडीएको अबस्थामा फेला परेको छ । सो शव गौरीगञ्ज वडा नँ २ साबिकको कोरोबारी ७ निबासी अलखचन राजवँशीको रहेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले पुष्टि गरेको छ । मृतक राजवँशी गत कार्तिक १२ गते सोमबार देखि सँम्पर्क बिहिन रहेको कुरा मृतककी श्रीमती गेद्रो देवी राजवँशीले जनाएकी छन् । शुक्रबार बिहानै ६ बजे स्थानीयले शव देखेर प्रहरीलाई खवर गरेका थिए । उक्त शव दिउँसो १ बजे प्रहरीले खाल्डाेबाट निकालेका थिए ।

धामी झाँक्रीको काम गर्ने राजवँशीलाइ गत सोमबार दिना भन्ने भारतिय नागरिकले धामी बस्न भारतको खरखरिया भन्ने ठाउँमा लिएर गरेको र त्यहि दिन देखि राजवँशी परिबारको सँपर्कमा नआएको कुरा पारिबारिक श्रोतलाइ उद्रित गर्दै बघाचौधरीका स्थानीय धर्मनारायण राजवँशीले बताए । मृतक राजवँशी पाच दिन देखि सँम्पर्क बिहिन रहेपनि परिवारले आज मात्र प्रहरीलाइ जानकारी गराएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल र भारतको सीमाको रुपमा रहेको कन्काइ नदि पारी काँस घारीमा करिब ३ फिट गहिरो खाल्डोमा नाँगै गाडीएको अबस्थामा शव बरामद भएको छ । लाशको प्रकृती हेर्दा घाँटीमा धारीलो हतियारले रेटेर हत्या गरेको हुन सक्ने कुरा इप्रका गौरीगञ्जका इन्सपेक्टर टेकेन्द्र पौडेलले बताए ।

काँस काट्न आउनेहरुले हिजो काँस घारी भित्र छोपी चश्मा र रगतको टाँटा देखे पछि स्थानिय र आफन्तहरुले आज बिहान प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गौरीगञ्जले भारतिय प्रहरीसँग समन्बय गरि खोज्दै जादा टोपी र चश्मा फेला परेको स्थानबाट करिब ४० मिटर उत्तर तिर खनिएको नयाँ माटो देखे पछी सो स्थान खनि हेर्दा शव बरामद भएको हो ।

शव धारतिय भुमिमा बरामद भएपनि अनुसन्धान सहयोगमा भारतिय प्रहरी उदाशिन देखिएको छ । भारतिय भुमिमा शव भेटिदा भारतिय पक्षले प्रारम्भिक कानुनी प्रकृया पुरा गर्नु पर्ने हो तर माटो भित्रबाट शव समेत झिक्न भारतिय प्रहरीले चासो नदेखाएपछी स्थानीयहरुको सहयोगमा नेपाल प्रहरीले नै शव बाहिर निकालेका थिए ।

स्थानीयहरुसँग मिलेर नेपाल प्रहरीका जवानहरुले शव झिकिरहदा भारतिय प्रहरीहरु रमितेका भिड बनिरहेका थिए । यद्यपी शबलाइ पोष्टमार्टमका लागि भारतिय प्रहरीले नै लिएर गएको छ । मन्दिर टोला पल्साका थाना प्रभारी शशीभुषण कुमारका अनुसार प्रारम्भिक कानुनी प्रकृया पुरा गरेर शव नेपाली पक्षलाइ बुझाउने कुरा बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...