News Portal

धरान स्थित वीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई दुर्व्यवहार गर्ने तीन युवा पक्राउ

हिमालीसंचार संवाददाता/अशोक तिरुवा, धरान
४९६ पटक

माध-१६,मंगलबार/धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि मंगलबार दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

कायममुकायम उपकुलपति कार्कीको आफ्नै कार्यकक्षमा एउटा समूहले मोसो दल्ने प्रयास गर्दै दुर्व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताएको छ। वीपी प्रतिष्ठानको विभिन्न समस्या समाधान गर्न चासो नदिएको भन्दै मोसो दल्नका लागि मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट क्रान्तिकारी युवा संगठनले जनाएको छ ।

मोसो दल्नका लागि संगठनका कार्यकर्ताहरु सदिप सिर्पाली, निशान कटवाल र खेम थापालाई प्रहरीले पक्राउ गरेको हो। उपकुलपतिको कार्यकक्षमा भेट्न पुगेका युवाले मोसो दल्ने प्रयास गरेको भन्दै तीनजनाहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गरेको बताईएको छ। शिक्षक तथा कर्मचारीहरूले बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै आन्दोलनरतका कारण प्रतिष्ठानको सेवा प्रभावित हुँदै आएको छ । 

वीपीका विभिन्न माग पुरा गराउन समय समयमा दबाब दिदै आएको भएपनी आन्दोलनरत पक्षको माग पुरा भएको थिएन। तर त्यसबेला समस्या समाधान गर्ने आश्वासन दिए पनि पूरा नगरेको भन्दै उनीहरु फेरि आन्दोलित बनेका हुन् ।पछिल्लो समय ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...