News Portal

धरान स्थित वीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई दुर्व्यवहार गर्ने तीन युवा पक्राउ

हिमालीसंचार संवाददाता/अशोक तिरुवा, धरान
४६१ पटक

माध-१६,मंगलबार/धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि मंगलबार दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

कायममुकायम उपकुलपति कार्कीको आफ्नै कार्यकक्षमा एउटा समूहले मोसो दल्ने प्रयास गर्दै दुर्व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताएको छ। वीपी प्रतिष्ठानको विभिन्न समस्या समाधान गर्न चासो नदिएको भन्दै मोसो दल्नका लागि मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट क्रान्तिकारी युवा संगठनले जनाएको छ ।

मोसो दल्नका लागि संगठनका कार्यकर्ताहरु सदिप सिर्पाली, निशान कटवाल र खेम थापालाई प्रहरीले पक्राउ गरेको हो। उपकुलपतिको कार्यकक्षमा भेट्न पुगेका युवाले मोसो दल्ने प्रयास गरेको भन्दै तीनजनाहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गरेको बताईएको छ। शिक्षक तथा कर्मचारीहरूले बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै आन्दोलनरतका कारण प्रतिष्ठानको सेवा प्रभावित हुँदै आएको छ । 

वीपीका विभिन्न माग पुरा गराउन समय समयमा दबाब दिदै आएको भएपनी आन्दोलनरत पक्षको माग पुरा भएको थिएन। तर त्यसबेला समस्या समाधान गर्ने आश्वासन दिए पनि पूरा नगरेको भन्दै उनीहरु फेरि आन्दोलित बनेका हुन् ।पछिल्लो समय ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...