News Portal

धरान वडा नं. १८ द्धारा खेलाडिलाई खेलकूद सामग्री प्रदान

विकास चाम्लिङ राई, धरान
३६३ पटक

माध-१५, सोमबार/धरान – धरान १८ न. वडा कार्यालयले आफ्नो वडाको फुटवल टिमलाई सोमवार खेलकुद समग्री प्रदान गरेको छ ।

वडाले गोधुली क्लवको आयोजनामा भइरहेको २४औं वडा स्तरिय फुटवल प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका खेलाडिहरुलाई खेल सामग्री प्रदान गरेका हुन्। वडाले आफ्नै वडाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी खेल सामग्री प्रदान गरेका हुन। वडाले ४० हजार रुपैया बराबरको १८ थान जर्सी, २४ थान ट्रयाकसुट, १८ थान मोजा र १० थान फुटवल प्रदान गरेका छन । 

वडाले खेलकूद सामग्री धरान १८ नं वडाका का.वा. अध्यक्ष जमुना त्रिखत्री मोक्तान, वडाध्यक्ष प्रविण राई, वडा सदस्य गिवन चाम्लिङ, कार्यालय सचिव धर्मराज पौडेल, समाजसेवी अजय राई लगायतले प्रदान गरेका थिए । १८ वडा टिमलाई हेम गुरुङले प्रशिक्षण गराईरहेको छ । टिमको व्यवस्थापकमा किशोर केरुङ रहेको छ । खेल सामग्री संगै का.वा. अध्यक्ष जमुना त्रिखत्रीले खेलाडिहरुलाई जितको सुभकामना समेत दिएका थिए ।

तस्वीरः विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...