News Portal

धरान वडा नं. १८ द्धारा खेलाडिलाई खेलकूद सामग्री प्रदान

विकास चाम्लिङ राई, धरान
४१४ पटक

माध-१५, सोमबार/धरान – धरान १८ न. वडा कार्यालयले आफ्नो वडाको फुटवल टिमलाई सोमवार खेलकुद समग्री प्रदान गरेको छ ।

वडाले गोधुली क्लवको आयोजनामा भइरहेको २४औं वडा स्तरिय फुटवल प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका खेलाडिहरुलाई खेल सामग्री प्रदान गरेका हुन्। वडाले आफ्नै वडाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी खेल सामग्री प्रदान गरेका हुन। वडाले ४० हजार रुपैया बराबरको १८ थान जर्सी, २४ थान ट्रयाकसुट, १८ थान मोजा र १० थान फुटवल प्रदान गरेका छन । 

वडाले खेलकूद सामग्री धरान १८ नं वडाका का.वा. अध्यक्ष जमुना त्रिखत्री मोक्तान, वडाध्यक्ष प्रविण राई, वडा सदस्य गिवन चाम्लिङ, कार्यालय सचिव धर्मराज पौडेल, समाजसेवी अजय राई लगायतले प्रदान गरेका थिए । १८ वडा टिमलाई हेम गुरुङले प्रशिक्षण गराईरहेको छ । टिमको व्यवस्थापकमा किशोर केरुङ रहेको छ । खेल सामग्री संगै का.वा. अध्यक्ष जमुना त्रिखत्रीले खेलाडिहरुलाई जितको सुभकामना समेत दिएका थिए ।

तस्वीरः विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...