News Portal

कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन

हिमालीसंचार संवाददाता
६२२ पटक

कुवेत – बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन।
भने उनको मोबाईल अहिले स्विच रहेको छ भने म्यासेन्जर व्हाटसपमा गत जनवरी १६ पछि अनलाइन देखाएको छैन। परिवार तनावमा रहेका छ्न। शर्माको श्रीमतीले कुवेत स्थित नेपाली दूतावास, एनआरएनए, नेपाली संघ सस्था र पत्रकारहरुलाई आफ्नो श्रीमानको खोजीको अनुरोध गरेकीछ्न।

बाग्लुङका दिल्लीराज शर्मा सम्पर्कबिहिन भएको कुरा नेपाली दूतावासका श्रम सहचारी गिरि प्रसाद आचार्यलाई जानकारी गराई सकिएको कृष्ण पौडेलले बताउदै सम्भव भएका ठाँउहरुमा आफु र साथीहरू खोजी कार्यमा लागि परेको जानकारी गराएका छ्न । ११ दिन बित्दा पनि उनको कुनै जानकारी प्राप्त हुन सकेको छैन।

शर्मा कस्तो समस्यामा परेर सम्पर्क बिहिन भए अन्योलता छाएको छ। कुवेतमा रहनु भएका नेपाली दाजु भाई दिदी बहिनीहरुले शर्मालाई कहि कतै देखेमा वा केहि जानकारी भएमा नेपाली दूतावास कुवेत तथा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनु हुन समेत आफन्त रघुनाथ अर्यालले आग्रह गरेका छ्न।
सम्पर्कको लागि कृष्ण पौडेल ६५५८९५२०, रघुनाथ अर्याल ६५१७३६६५

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...