माघ-१२,शुक्रबार/मोरङ – नेपाल सरकारले बिगत दुई बर्षदेखि भुमिहिन सुकुमवासी, भुमिहिन दलित, स्वास्थ्य स्वयं सेविकाहरुका लागि निःशुल्क स्वास्थ्य विमा अभियान संचालन गर्दै आएता पनी यो बर्ष शक्तिको भरमा विमा गरेका छन् ।
मोरङको रंगेली नगरपालिकाले आफ्नो सम्पूर्ण वडाहरुमा स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ। रंगेली नगरपालिकाको वडा नम्बर ६ ले गत बर्ष १ सय ५६ जनाले विमा गरेका थिए। यस बर्ष ५१ जनाको विमा समेत गरिएको वडासचिव निरञ्जन कुमार दासले बताए ।
रंगेलीका वडा कार्यालयले हुने खाने र जग्गा जमिन भएका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराएको र दलित र आर्थिक अवस्था कमजोर भएको व्यक्तिलाई विमा नगराएको स्थानीय सुगरु पासवानले बताए । सो गाउँमा २६ घर परिवार रहेको भएता पनि वडाले उक्त गाउँमा ५ देखि ७ वटा घर परिवारहरुलाई मात्रै स्वास्थ्य विमा दिएको स्थानीय तारादेवि काहरले बताईन।
स्थानीय युवा चन्दन पासवाका अनुसार वडाले १ कठ्ठा देखि १ बिधा खेती पाती हुने र शक्तिको भरमा विमा गरिएको आरोप समेत लागाएका छन । वडाअध्यक्ष सुजित मण्डलले भने आफुहरुले सुकुम्बासीहरुलाई मात्रै स्वास्थ्य विमा गराएको समेत जानकारी गराएका छन्।