News Portal

समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक वीरगन्जमा सम्पन्न

हिमालीसंचार संवाददाता
२५२ पटक

वीरगन्ज -समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार वीरगन्जमा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा भएको बैठक सञ्चालन महासचिव रामकुमार एलनले गर्नु भयो । सो बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्सा अध्यक्ष क.बालगोपाल थापा र वीरगन्ज महानगर अध्यक्ष क. मनोज चौधरीको आतिथिको रुपमा उपस्थिति रहयो ।

बैठकको आरम्भमा केन्द्रीय लेखा आयोगका संयोजक मदन ठाकुरको शपथ निर्णय भयो । बैठकका महत्वपुर्ण निर्णयहरु महासंघका सन्दर्भमा सम्पूर्ण विषयको समन्वय गर्ने कमिटी संयोजक- विश्वमणि सुवेदी, सदस्य नवराज छतकुली, रामकुमार एलन, कृपा भण्डारी, बृजलाल पासवान, जीवन बिसी, नरेन्द्र साउद रहने विशेष कमिटी बैठकले बनाएको छ ।अध्ययनका क्रममा चीनमा रहनु भएका उपाध्यक्ष तेजप्रसाद वाग्लेले दिनुभएको राजीनामा स्वीकृत गरेका छन । विभिन्न समितिमा मनोनीत गर्ने निर्णय गरेका छन ।

उपाध्यक्ष (एसोसिएट्स/प्रतिष्ठान)- सविन शर्मा, ललितपुर/वातावरणमा पत्रकार समूह ,केन्द्रीय अनुशासन आयोगको संयोजक- हरि जोशी, कैलाली ,केन्द्रीय सदस्य- नन्दराम जैसी, जुम्ला ,केन्द्रीय सदस्य- जीवन हमाल, प्युठान ,केन्द्रीय कमिटी बैठक, चैत महिनाभरि, स्थान- लुम्बिनी ,सहाना प्रधान स्मृति पत्रकारिता पुरस्कार ,वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार र डेकेन्द्रराज थापा स्मृति पत्रकारिता पुरस्कारका नाम अनुमोदन गरेका छन । साथै बैठकले पत्रकार महासंघको निर्वाचनका क्रममा प्रदेश र जिल्लास्तरका सम्पूर्ण नीति र निर्णय प्रदेश कमिटीको बैठकले तय गरेबमोजिम हुनेछ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...