News Portal

मोरङको रंगेली छोटी भन्सार कार्यालयमा कर्मचारी नहुदा साना व्यापारी मार्कमा

रविन्द्र बराल, मोरङ
३०३ पटक

माघ-११, बिहिबार/मोरङ – मोरङको विराटनगर भन्सार कार्यालय पछिको सिमावर्ती क्षेत्रहरु मघ्ये जेठ्ठो रंगेली छोटी भन्सारका कार्यालय संचालन नहुदा साना व्यपारीहरु समस्यामा पर्ने थालेको छ।

भन्सार सिमाक्षेत्र भन्दा करिव  ३ किलोमिटर टाढामा रहेको छोटी भन्सार कार्यालयमा विस २०६८ सालदेखि कर्मचारी बिहिन भएको हो । भन्सारको नाममा रहेको ४ कठ्ठा जग्गामा पुरानो भवनमा कर्मचारीहरुलाई बस्नका लागि असहज भएको देखेपछि नेपाल सरकारले करोडौ रुपैयाँ खर्च गरेर सुविधा सम्पन्न दुई तल्ले भवन ४ बर्ष अधी निर्माण सम्पन्न गरेता पनि नेपाल सरकारले छोटी भन्सार कार्यालयमा कर्मचारी नपठाउँदा भवन प्रयोग बिहिन हुनुका साथै सरकारले गरेको लागानी समेत बालुवामा पानी हाले जस्तो भएको स्थानीयले बताए । 

भन्सार कार्यलयमा कार्मचारी रहदा दैनिकी १५ हजारदेखि २० रुपैयाँसम्म राजस्व संकलन गरेको स्थानीय जयथान चौधरीले बताए। विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र राज ढकालका अनुसार रंगेली छोटी भन्सार र सिक्टि भन्सार कार्यलयमा बिगतका दिनहरुमा कर्मचारी पठाईएको तर राजस्वमा बृद्धि नभएको कारणले गर्दे आफूहरुले कर्मचारी फिर्ता  गरेको उनले बताए । 

भन्सारमा कर्मचारी हुदाँ व्यपारीहरुले भन्सार नतिरिकन सामान लैजाने गरेका छन्। कार्यालयमा कार्मचारी नहुदा आफूहरुलाई समस्या भएको भन्ने गरेको उनले बताए ।  यदि स्थानीयले माग गरे आफूहरु जुन सुकै बेलमा पनि कर्माचारी पठाउन तयारी रहेको समेत ढकालले बताए । 

स्थानीयका अनुसार रंगेली नगरपालिकाका स्थानीय सरकारमा गएको ५ बर्ष बितिसक्दा समेत जनप्रतिनिधिहरुले समेत भन्सार कार्यालयमा कर्मचारी ल्याउनका लागि कुनै पहल नगरेको आरोप समेत लगाए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...