News Portal

मोरङको रंगेली छोटी भन्सार कार्यालयमा कर्मचारी नहुदा साना व्यापारी मार्कमा

रविन्द्र बराल, मोरङ
३४६ पटक

माघ-११, बिहिबार/मोरङ – मोरङको विराटनगर भन्सार कार्यालय पछिको सिमावर्ती क्षेत्रहरु मघ्ये जेठ्ठो रंगेली छोटी भन्सारका कार्यालय संचालन नहुदा साना व्यपारीहरु समस्यामा पर्ने थालेको छ।

भन्सार सिमाक्षेत्र भन्दा करिव  ३ किलोमिटर टाढामा रहेको छोटी भन्सार कार्यालयमा विस २०६८ सालदेखि कर्मचारी बिहिन भएको हो । भन्सारको नाममा रहेको ४ कठ्ठा जग्गामा पुरानो भवनमा कर्मचारीहरुलाई बस्नका लागि असहज भएको देखेपछि नेपाल सरकारले करोडौ रुपैयाँ खर्च गरेर सुविधा सम्पन्न दुई तल्ले भवन ४ बर्ष अधी निर्माण सम्पन्न गरेता पनि नेपाल सरकारले छोटी भन्सार कार्यालयमा कर्मचारी नपठाउँदा भवन प्रयोग बिहिन हुनुका साथै सरकारले गरेको लागानी समेत बालुवामा पानी हाले जस्तो भएको स्थानीयले बताए । 

भन्सार कार्यलयमा कार्मचारी रहदा दैनिकी १५ हजारदेखि २० रुपैयाँसम्म राजस्व संकलन गरेको स्थानीय जयथान चौधरीले बताए। विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र राज ढकालका अनुसार रंगेली छोटी भन्सार र सिक्टि भन्सार कार्यलयमा बिगतका दिनहरुमा कर्मचारी पठाईएको तर राजस्वमा बृद्धि नभएको कारणले गर्दे आफूहरुले कर्मचारी फिर्ता  गरेको उनले बताए । 

भन्सारमा कर्मचारी हुदाँ व्यपारीहरुले भन्सार नतिरिकन सामान लैजाने गरेका छन्। कार्यालयमा कार्मचारी नहुदा आफूहरुलाई समस्या भएको भन्ने गरेको उनले बताए ।  यदि स्थानीयले माग गरे आफूहरु जुन सुकै बेलमा पनि कर्माचारी पठाउन तयारी रहेको समेत ढकालले बताए । 

स्थानीयका अनुसार रंगेली नगरपालिकाका स्थानीय सरकारमा गएको ५ बर्ष बितिसक्दा समेत जनप्रतिनिधिहरुले समेत भन्सार कार्यालयमा कर्मचारी ल्याउनका लागि कुनै पहल नगरेको आरोप समेत लगाए ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...