News Portal

  • युएईको अबुधाबीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    हिमालीसंचार संवाददाता/राम प्रसाद ढुंगेल, युएई
    ४७२ पटक

    माध-३ गते, बुधबार/अबुधाबी – युएईकोअबुधाबी स्थित बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी मेनेज्मेन्ट, ब्लेजिङ स्टार क्लिनिङ एण्ड रियल स्टेट कम्पनीको आयोजना गत १६ जनवरी मंगलबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

    अबुधाबीको प्रतिष्ठित अल अहालिया हस्पिटलको प्राविधिक तथा चिकित्सकीय सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १ सय ४५ जना बिरामीहरुले नि:शुल्क  स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।  अहालिया हस्पिटलमा कार्यरत नेपाली चिकित्सक यासिर श्रेष्ठ र नेपाली नर्स सुजिना श्रेष्ठको प्रत्यक्ष निगरानीमा सम्पन्न उक्त शिविरमा मधुमेह, बिएमआई, रक्तचाप, आँखा लगायत विभिन्न रोगको परीक्षण गरिएको थियो ।

    रिदिम फेसिलिटी मेनेज्मेन्टको कार्यालय परिसरमा सम्पन्न उक्त नि:शुल्क स्वास्थ्य शिविरमा नेपाली श्रमिकहरुको साथमा भारतीय, बंगलादेशी, पाकिस्तानी श्रमिकहरुले स्वास्थ्य सेवा लिएको बिबिटी रेष्टुरेन्टको तर्फबाट स्वास्थ्य शिविरको समन्वयकर्ता रामप्रसाद ढुंगेलले जानकारी दिए। शिविरमा उपस्थित अधिक सहभागीको स्वास्थ्य अवस्था सामान्य पाइए पनि उच्च रक्तचाप र मधुमेहका बिरामीको संख्या पनि उल्लेख्य रहेको कार्यक्रम हस्पिटलतर्फका संयोजक प्रज्ञा घिमिरे शर्माले जानकारी दिइन् । 

    शिविरको सफलताको लागि एनआरएनए युएईका उपाध्यक्ष फडिन्द्र ढकाल, कोसाध्यक्ष सुमन पराजुली, झापाली समाज युएईका महासचिव लोकेस्स कोइराला, अबुधाबी क्षेत्र अध्यक्ष सुर्यबहादुर खवास उपस्थित भएर स्वास्थ्य परीक्षण समेत गरेका थिए ।  नेपाल पत्रकार महासंघ युएईका सदस्य उमाकान्त पाण्डे, झापाली समाज युएई, अबुधाबी क्षेत्रीय समितिका काशीराम ढकाल, प्रवासी नेपाली मन्त्र युएईका सुन्दर पाठक तथा तथा अन्तराष्ट्रिय नेपाली समाजका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

    आफ्नो कम्पनी परिसरमै हस्पिटलको टोली आएर अति आवश्यक सेवा नि:शुल्क स्वास्थ्य सेवा संचालन गरिएको बिबिटी रेस्टुरेन्ट, ब्लेजिङ स्टार कम्पनी, रिदिम फेसिलिटी मेनेज्मेन्ट, रिदिम बिल्दिङ मेटिरियल कम्पनीका प्रवन्ध निर्देशक केशव कार्कीले उपस्थित सबैलाई आभार व्यक्त गरेका थिए   

    शिविर सम्पन्न पश्चात् आयोजित रात्रीभोज कार्यक्रममा बोल्दै बिबिटी रेस्टुरेन्टका व्यवस्थापक बिष्णुप्रसाद लामिछानेले अल अहालिया हस्पिटललाई धन्यवाद प्रकट गर्दै हस्पिटल र आफू आवद्ध ५ वटै कम्पनीबीच सुमधुर सम्बन्ध रहेको र अल अहालिया हस्पिटलको सेवा गुणस्तरीय रहेको धारणा व्यक्त गरेका थिए ।

    उक्त निःशुल्क स्वास्थ्य शिविर संचालनका लागि नेपाल पत्रकार महासंघ युएई शाखा, अन्तरास्ट्रिय नेपाली समाज र झापाली समाज युएईले सहजीकरण गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...