News Portal

युएईको अबुधाबीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

हिमालीसंचार संवाददाता/राम प्रसाद ढुंगेल, युएई
५२१ पटक

माध-३ गते, बुधबार/अबुधाबी – युएईकोअबुधाबी स्थित बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी मेनेज्मेन्ट, ब्लेजिङ स्टार क्लिनिङ एण्ड रियल स्टेट कम्पनीको आयोजना गत १६ जनवरी मंगलबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

अबुधाबीको प्रतिष्ठित अल अहालिया हस्पिटलको प्राविधिक तथा चिकित्सकीय सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १ सय ४५ जना बिरामीहरुले नि:शुल्क  स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।  अहालिया हस्पिटलमा कार्यरत नेपाली चिकित्सक यासिर श्रेष्ठ र नेपाली नर्स सुजिना श्रेष्ठको प्रत्यक्ष निगरानीमा सम्पन्न उक्त शिविरमा मधुमेह, बिएमआई, रक्तचाप, आँखा लगायत विभिन्न रोगको परीक्षण गरिएको थियो ।

रिदिम फेसिलिटी मेनेज्मेन्टको कार्यालय परिसरमा सम्पन्न उक्त नि:शुल्क स्वास्थ्य शिविरमा नेपाली श्रमिकहरुको साथमा भारतीय, बंगलादेशी, पाकिस्तानी श्रमिकहरुले स्वास्थ्य सेवा लिएको बिबिटी रेष्टुरेन्टको तर्फबाट स्वास्थ्य शिविरको समन्वयकर्ता रामप्रसाद ढुंगेलले जानकारी दिए। शिविरमा उपस्थित अधिक सहभागीको स्वास्थ्य अवस्था सामान्य पाइए पनि उच्च रक्तचाप र मधुमेहका बिरामीको संख्या पनि उल्लेख्य रहेको कार्यक्रम हस्पिटलतर्फका संयोजक प्रज्ञा घिमिरे शर्माले जानकारी दिइन् । 

शिविरको सफलताको लागि एनआरएनए युएईका उपाध्यक्ष फडिन्द्र ढकाल, कोसाध्यक्ष सुमन पराजुली, झापाली समाज युएईका महासचिव लोकेस्स कोइराला, अबुधाबी क्षेत्र अध्यक्ष सुर्यबहादुर खवास उपस्थित भएर स्वास्थ्य परीक्षण समेत गरेका थिए ।  नेपाल पत्रकार महासंघ युएईका सदस्य उमाकान्त पाण्डे, झापाली समाज युएई, अबुधाबी क्षेत्रीय समितिका काशीराम ढकाल, प्रवासी नेपाली मन्त्र युएईका सुन्दर पाठक तथा तथा अन्तराष्ट्रिय नेपाली समाजका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

आफ्नो कम्पनी परिसरमै हस्पिटलको टोली आएर अति आवश्यक सेवा नि:शुल्क स्वास्थ्य सेवा संचालन गरिएको बिबिटी रेस्टुरेन्ट, ब्लेजिङ स्टार कम्पनी, रिदिम फेसिलिटी मेनेज्मेन्ट, रिदिम बिल्दिङ मेटिरियल कम्पनीका प्रवन्ध निर्देशक केशव कार्कीले उपस्थित सबैलाई आभार व्यक्त गरेका थिए   

शिविर सम्पन्न पश्चात् आयोजित रात्रीभोज कार्यक्रममा बोल्दै बिबिटी रेस्टुरेन्टका व्यवस्थापक बिष्णुप्रसाद लामिछानेले अल अहालिया हस्पिटललाई धन्यवाद प्रकट गर्दै हस्पिटल र आफू आवद्ध ५ वटै कम्पनीबीच सुमधुर सम्बन्ध रहेको र अल अहालिया हस्पिटलको सेवा गुणस्तरीय रहेको धारणा व्यक्त गरेका थिए ।

उक्त निःशुल्क स्वास्थ्य शिविर संचालनका लागि नेपाल पत्रकार महासंघ युएई शाखा, अन्तरास्ट्रिय नेपाली समाज र झापाली समाज युएईले सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...