News Portal

चुरियामाई सुरुङ मार्ग जीर्णोद्धार अन्तिम चरणमा

युवा राई, हेटौडा
२६५ पटक

माध-३ गते, बुधबार/हेटौडा – राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङ मार्गको जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसियाकै पहिलो भएको बताइन्छ । स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा सुरुङ मार्गबारे स्पष्ट पार्दै चुरियामाई सुरुङ मार्ग बन्नुअघि छिमेकी देश भारतमा कुनै किसिमको सुरुङ मार्ग नबनेको उल्लेख गरेका छन् ।

उनले लेखेको किताबमा भएको दस्तावेजले पनि चुरियामाई सुरुङ मार्गलाई दक्षिण एसियाको पहिलो मान्न सकिन्छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको उक्त सुरुङ मार्गसँगै नेपालकै चर्चित शक्तिपीठ चुरियामाई मन्दिर पनि रहेको छ। करिब २२५ मिटर लामो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार गरिरहेको छ ।

ऐतिहासिक महत्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले ३६ लाख १३ हजार रुपैयाँ खर्च गरेर मर्मत गरिरहेको छ। उक्त सुरुङ मर्मतपछि सुरुङ मार्ग आमनागरिकको लागि खुला गर्ने तयारी छ । अहिले सुरुङ मार्गभित्र बत्ती जडान र पानी रसाएको ठाउँमा मर्मतसम्भार भैरहेको छ । सुरुङ मार्गको दुबै गेट क्षेत्रमा सजावटको काम भैरहेको छ ।

पूर्व-पश्चिम राजमार्ग निर्माणअघि भारतबाट आयातित सामग्रीलाई चुरियामाई सुरुङ मार्ग हुँदै भीमफेदीसम्म लैजाने र त्यहाँबाट मानिसले बोकेर काठमाडौंसम्म ल्याउने गरिन्थ्यो । 

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...