News Portal

मोरङको रंगेली बचतको १६औं बार्षिक साधारणसभा सम्पन्न

“पत्रकार लगात अन्य जेष्ठ नागरिकलाई समेत सम्मान गरे!”

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल, मोरङ
२९८ पटक

पौष -२८, शनिबार – मोरङ रंगेली नगरमा रहेको बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सहकारीले रंगेली-७ स्थित श्री तिरुपति बालाजी मन्दिरको भवनमा सहकारीले कार्यक्रमको आयोजना गरेको थियो।

आर्थिक बर्ष ०७९/०८० सालको आयव्यय प्रस्तुत गर्दे संस्थाले कुल ४ करोड१० लाख ९२ हजार ६ सय १६ रुयैयाको लगामी रहेको छ। संस्थाले आयकर कट्टी गरेर २ लाख  १६  हजार ५  सय  ६३  रुपैया शुद्ध मुनाफा समेत आर्जन गरेको संस्थाका कोषाध्यक्ष   सुनिता ओझाले  बताइन् ।  

आयोजित कार्यक्रमको बार्षिक प्रतिवेदन संस्थाकोतर्फबाट संस्थाका अध्यक्ष कैलेश प्रसाद मण्डलले प्रस्तुत गरेका थिए ।  उक्त संस्थाको ७ सय ४१ जना शेयर सदस्य रहेका छन्। रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, युवा उद्घमी, आवास ऋण,  कारोवार गर्दै आइरहेको छ ।   

आयोजित कार्यक्रममको क्रममको अवसरमा संस्थाले पत्रकार एभिन्युज टेलिभिजनका मोरङ रिपोर्टर तथा हिमालीसंचारडटकमका सम्बाता रबिन्द्र बराल, मकालु टेलिभिजनका दिलिप अग्रवाललाई सहकारी क्षेत्रमा उल्लेख्य योगदीन गरेको भन्दै सम्मान पत्र समेत हस्तान्तरण गरेका थिए ।  

सस्थाले जेष्ठ सेयर सदस्य देव नारायण राजवंशी, सिलानन्द मण्डल, श्रीमती सीता देवी बराल, त्यस्तै,  बाल बचतमा प्रीति कुमारी राय, उत्कृष्ट बचततर्फ  जय कारण मण्डल, श्रीमती मीना सत्याल, त्यसैगरी ऋणतर्फ कमल कुर्मी दैनिक बचततर्फ अजय कुमार साह समेतलाई सम्मान गरेको थिए ।  

कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालीका मेयर दिलिप  वगडिया,  विशिष्ट अतिथि जिल्ला सहकारी संघका उपसभापति विजय माझी, सशस्त्र प्रहरी बल रंगेलीका प्रहरी निरिक्षक पदम दाहाल, मनोज अग्रवाल, पुनम सापकोटा, मंगल चन्द बगडिया,लक्ष्मी मेहेता, शंकर प्रसाद साह, प्रमोद चर्कवती लगायतको उपस्थिति रहेको थियो ।  

संस्थाका उपाध्यक्ष श्री राम लाल राजवंशीले स्वागत मन्तव्य दिएका थिए भने सहकारीका अध्यक्ष कैलाश प्रसाद मण्डलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन भएको थियो। 

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...