News Portal

खोटाङमा भूमिहीनलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण

हिमालीसंचार संवाददाता
३४४ पटक

पौष-२७, शुक्रबार/खोटाङ – खोटाङ जिल्लाका भूमिहीन अव्यवस्थित बसोबास गरिरहेका भूमिहिनहरुलाई सरकारले निस्सा वितरण दिन शुरप गरेको छ। राष्ट्रिय भूमिआयोग जिल्ला समिति खोटाङले बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा दिक्तेल, लफ्याङ र दिक्तेल सोल्माका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी गरी ६ धरपरिवारलाई निस्सा वितरण गरेका हुन्।

खोटेहाङ गाउँपालिकाले सम्पूर्ण आफ्ना वडाका लाभग्राहीलाई निस्सा वितरण गरेर पनि सात दिने दाबी विरोधको सूचना सार्वजनिक गरेका छन् । अन्य पालिकाहरुले निस्सा वितरणको योजना बनाईरहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङका अध्यक्ष सुरेश राईले जानकारी दिए। 

खोटेहाङ गाउँपालिकामा भूमिहीन सुकुम्बासी ८ जना, भूमिहीन दलित ५ जना, अव्यवस्थित बसोबासी १० जना, केपिलासगढी गाउँपालिकामा भूमिहीन दलित ६ जना, अव्यवस्थित बसोबासी ६ जना, जन्तेढुंगा गाउँपालिकामा भूमिहीन सुकुम्बासी १५, अव्यवस्थित बसोबासी ३१, हलेसी तुवाचुङ नगरपालिकामा भूमिहीन सुकुम्बासी १४, भूमिहीन दलित ८ जना, अव्यवस्थित बसोबासी १४० र बाराहापोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी १८, अव्यवस्थित बसोबासी ३७ जनाले निस्सा पाउने भएका छन्।

त्यस्तै, रावाबेशी गाउँपालिकामा भूमिहीन सुकुम्बासी १५, अव्यवस्थित बसोबासी ४२, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भूमिहीन सुकुम्बासी १९, भूमिहीन दलित चारजना अव्यवस्थित बसोबासी ५२, ऐसेलुखर्क गाउँपालिकामा भूमिहीन सुकुम्बासी ६ जना, भूमिहीन दलित ४ जना, साकेला गाउँपालिकामा भूमिहीन सुकुम्बासी ६ जना, भूमिहीन दलित ६ जना, अव्यवस्थित बसोबासी ७३ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भूमिहीन सुकुम्बासी ५१, भूमिहीन दलित १६, अव्यवस्थित बसोबासी २ सय जना लाभग्राहीले निस्सा प्राप्त गर्नेछन्।

भूमिआयोगका अध्यक्ष राईका अनुसार खोटाङ जिल्लाभर भूमिहीन सुकुम्बासी १५२ जना, भूमिहीन दलित ४९ जना र अव्यवस्थित बसोबासी ५९१ गरी ७९२ जना लाभग्राहीले निस्सा पाउनेछन्। आयोगले खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बाराहापोखरी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लाभग्राहीको नाममा जग्गा छ/छैन भनि जग्गा प्रमाणिकरणको काम सम्पन्न गरिसकेको छ। 

निस्सा पाएका लाभग्राहीको नेपाल अधिराज्यभरका मालपोत कार्यालयमा तीनपुस्ते नामावाली जाँच गर्दा कुनै पनि ठाउँमा जग्गा नदेखिएमा प्रक्रिया पुगेपछि उहाँहरुले जग्गा पाउने राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङका विज्ञ सदस्य ध्यानबहादुर राईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...