News Portal

मोरङको रंगेलीमा प्रथम संस्कारणको प्रिमियर क्रिकेट खेल सम्पन्न

रबिन्द्र बराल, मोरङ
४४६ पटक

पौष-२२, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रथम संस्करणको टि-२० प्रिमियर लिग क्रिकेट प्रतियोगिता हिजो शनिबार सम्पन्न  भएको छ।

आयोजित खेलकूद विकास समितिले पौष-८ गतेदेखि २१ गतेसम्म जनता क्याम्पसको खेलमैदानमा खेल शुरु गरेको थियो । फाईनल खेलमा वडा नम्बर ५ आमगाछीले टच जित्दै २० ओभरको खेलमा अल आउट हुदै १३९ रन बनाउन सफल भएको थियो।

रंगेली वडा नम्बर-७, संचारी च्यालेञ्जले अलआउट हुदै १०६ रन मात्रै समेटेर दोश्रो स्थान भएको थियो।खेलको बिजेतालाई नगद रु. १ लाख रुपैयाँ, उप बिजेताले नगद रु. ५१ हजार रुपैयाँ र खेलमा म्यान अफ द म्याच, म्यान अफ द सीरिज हुने खेलाडी प्रत्येक खेलाडीलाई नगद रु. १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ वितरण गरिएको थियो। 

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको  थियो । रंगेली नगरपालिकामा प्रथम पटक भएको  प्रीमियम लिगको फाइनल खेलमा प्रमुख अतिथि सहभागीहरुलाई खेलको मध्यान्तर मिनिल्याण्ड बोर्डिङ स्कुलले खेल मैदानमा सबै जातजातिहरुको भेषभूषामा नृत्य प्रस्तुत गरेर मनोवञ्जन गराएका थिए।

बिजेता तथा उपबिजेताहरुलाई शिल्ड तथा प्रमाणपत्र वितरणका लागि प्रमुख अतिथि युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बुलाई आमन्त्रण गरेता उनी उपस्थित भएनन्। विशिष्ट अथिति रंगेली मेयर दिलिप वगडिया, सुनवर्षी मेयर श्याम राजवंशी, धनपालथान गाउँपालिका अध्यक्ष जिवस गछ्छेदार, मोदराज घिमिरे, जगर्नाथ मण्डल ,समितिका पधाकिरीहरुले पुरस्कार वितरण गरेका थिए।

आयोजित उक्त खेलमा सुनवर्षी, रंगेली, धनपालथान, लगायतका खेल प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो। खेलकूद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको  थियो ।

तस्वीर: रबिन्द्र बराल

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...