News Portal

धरानमा अन्तर कलेज फुटसल प्रतियोगिता हुने

विकास चाम्लिङ राई
२५७ पटक

पौष-१७, मंगलबार/धरान – धरान- ८ स्थित हाम्रो फुटसलको आयोजनामा यहि पौष १९ र २० गते दुई दिने धरान इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।

धरान उपमहानगरपालिका भरिका कलेजहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा २५ टिमले सहभागिता जनाउने मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । प्रतियोगिताका विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

उपविजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, सार्वाधिक गोलकर्ता, फेयर टिम, म्यान अफ द म्याच र उत्कृष्ट खेलाडिलाई ट्रफी, प्रमाणपत्र र विशेष पुरस्कारको व्यावस्था रहेको समेत प्रतियोगिताका संयोजक सन्दिप गहतराजले जानकारी गराए । 

प्रतियोगितामा व्याचलर लेवरसम्मका खेलाडिहरुले मात्र सहभागिता दनाउन पाउने छन् । प्रतियोगिताको उद्धघाटन कार्यक्रममा ७औं दक्षिण एशियाली कराते च्याम्पियनसिप सन् २०२३ मा रजत पदक विजेता विशाल राईलाई नगद ५ हजार सहित सम्मान समेत गरिने आयोजकले जनाकारी गराए ।

मैत्रिपुर्ण खेलमा आयोजक हाम्रो फुटसल विजयी पत्रकार सम्मेलनपछि भएको मैत्रिपुर्ण खेलमा आयोजक हाम्रो फुटसल टिम विजयी भएको छ । प्रतियोगिताको प्रचारका लागि सोहि दिन भएको मैत्रिपुर्ण खेलमा पत्रकार महासंघ, सुनसरी टिमलाई ६–४ गोलको अन्तरले पराजित गरेका थिए। 

आयोजित कार्यक्रममा हाम्रो फुटसलका संचालक नरवहादुर राई, प्रतियोगिता संयोजक सन्दिप गहतराज, नेपाल पत्रका महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार महेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पूर्ण खेल हाम्रो फुटसलको खेल मैदानमा हुने छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...