News Portal

मोरङको रंगेलीमा ट्याक्टरले पैदल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
१११२ पटक

पौष-१४, शनिबार/मोरङ – मोरङको रंगेली नगरपालीका – ८ स्थित वडाकार्यलय अगाडि एक पैदल यात्रुलाई ट्याक्टरले ठक्कर दिएको छ। ट्याक्टरले ठक्कर दिदा एक जनाको धटना स्थलमा मृत्यु भएको हो।

रंगेलीको वडाकार्यालय अगाडिको पूर्वबाट पश्चिमतर्फ जादै गरेको ट्याक्टरले पैदल यात्री स्थानी झमनपुर बस्ने ६८ बर्षीय नारायण राजवंशीलाई ठक्कर दिदा उनको धटना स्थलमै मृत्यु भएको प्रहरीले बताए। रंगेलीको ना. ६ त. ५४९ नम्बरको ट्याक्टर सहित चालक र सह चालकलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। 

ट्याक्टर चालक धनपालथान-४ बस्ने २५ बर्षीय  अजय चौधरी र सह-चालक रंगेली-२ बस्ने ३६ बर्षीय मोहमद अमिरलाई रंगेली प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...