News Portal

  • मोरङको जनता क्याम्पसको प्रांगनमा नाटक मञ्चन, नाटक प्रस्तुतिले स्थानीय उत्साहित

    हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
    २९४ पटक

    पौष-१२,बिहिबार/मोरङ – मोरङको रंगेली नगरपालिका- ७ स्थित जनता क्यापसमा नाटकको माध्यमबाट  कलाकारहरुले जनचेतना गराएका छन् ।  शिल्पी थिएटर काठमाडौंले नाटकको प्रदर्शनी गरेको  हो । 

    उक्त नाटमा रङ्गमञ्च अन्तर्गत देशव्यापी रुपमा प्रदर्शन गरिरहेको नाटक “सट्टापट्टा गरिएको हो । कृत्रिम मल, कृत्रिम माटो, कृत्रिम मानिस र गाउँघरमा धामीझाँक्री, अन्धविश्वास र बढदो बिषादी र रसायनीक मलको प्रयोगले हाम्रो जनजीवनमा पारेको प्रभावका बारेको गम्भिर स्थिति उत्पन्न हुदै गईरहेको हुनाले त्यसको रोकथाम र स्थानीय स्तरमा जनचेतना  जगाउने उदेश्यका साथ बिधार्थीहरुको माध्यमबाट यस्तो नाटक प्रस्तुत गरिएको शिल्पी थिएटरका निर्देशक चर्चित रङ्गकर्मी युवराज घिमिरेले हिमालीसंचारडटकमसंग बताए । 

    उक्त नाटक मोरङको रंगेली स्थित जनता क्याम्पसको  आयोजनामा क्याम्पस प्राङ्गणमा  गरिएको थियो ।क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले समेत किसानका छोराछोरी रहेको र नाटकमा देखाएको  विषय वस्तुले उनीहरुलाई सचेतना जगाउन मद्दत पुगेको क्याम्पस प्रमुख लोचन प्रसाद खतिवडाले बताए   

    क्याम्पसमा यस प्रकारको नाटक प्रदर्शनीले विद्यार्थीमा कला क्षेत्र प्रतिको झुकाव बढाउने र सकारात्मक प्रभाव पीर्ने भएका हुनाले नाटक फलदायी भएको सहायक क्याम्पस प्रमुख सुरेन्द्र बस्नेतले हिमालीसंचारडटकमसंग  बताए 

    तस्वीरः रबिन्द्र बराल, मोरङ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...