News Portal

मोरङको जनता क्याम्पसको प्रांगनमा नाटक मञ्चन, नाटक प्रस्तुतिले स्थानीय उत्साहित

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
३६४ पटक

पौष-१२,बिहिबार/मोरङ – मोरङको रंगेली नगरपालिका- ७ स्थित जनता क्यापसमा नाटकको माध्यमबाट  कलाकारहरुले जनचेतना गराएका छन् ।  शिल्पी थिएटर काठमाडौंले नाटकको प्रदर्शनी गरेको  हो । 

उक्त नाटमा रङ्गमञ्च अन्तर्गत देशव्यापी रुपमा प्रदर्शन गरिरहेको नाटक “सट्टापट्टा गरिएको हो । कृत्रिम मल, कृत्रिम माटो, कृत्रिम मानिस र गाउँघरमा धामीझाँक्री, अन्धविश्वास र बढदो बिषादी र रसायनीक मलको प्रयोगले हाम्रो जनजीवनमा पारेको प्रभावका बारेको गम्भिर स्थिति उत्पन्न हुदै गईरहेको हुनाले त्यसको रोकथाम र स्थानीय स्तरमा जनचेतना  जगाउने उदेश्यका साथ बिधार्थीहरुको माध्यमबाट यस्तो नाटक प्रस्तुत गरिएको शिल्पी थिएटरका निर्देशक चर्चित रङ्गकर्मी युवराज घिमिरेले हिमालीसंचारडटकमसंग बताए । 

उक्त नाटक मोरङको रंगेली स्थित जनता क्याम्पसको  आयोजनामा क्याम्पस प्राङ्गणमा  गरिएको थियो ।क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले समेत किसानका छोराछोरी रहेको र नाटकमा देखाएको  विषय वस्तुले उनीहरुलाई सचेतना जगाउन मद्दत पुगेको क्याम्पस प्रमुख लोचन प्रसाद खतिवडाले बताए   

क्याम्पसमा यस प्रकारको नाटक प्रदर्शनीले विद्यार्थीमा कला क्षेत्र प्रतिको झुकाव बढाउने र सकारात्मक प्रभाव पीर्ने भएका हुनाले नाटक फलदायी भएको सहायक क्याम्पस प्रमुख सुरेन्द्र बस्नेतले हिमालीसंचारडटकमसंग  बताए 

तस्वीरः रबिन्द्र बराल, मोरङ

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...