News Portal

धरानमा पाँचौं जुनियर भिजन च्याम्पियनसिप फागुन १९ मा हुने

विकास चाम्लिङ राई
३२५ पटक

पौष-११, बुधबार/धरान – धरान उपमहानगरपालिका धरानका भिजन फिटनेसको आयोजनामा फागुन १९ गते पाँचौं धरान उपमहानगर स्तरिय जुनियर मि. भिजन च्यापियनसिप २०८० हुने भएको छ ।

भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाँचौं जुनियर मि. भिजन वडिविल्डि¨ च्याम्पियनसिपको आयोजना गर्न लागिएको फिटनेसले बुधबार बुद्धचौक स्थित एमसी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराए । 

पाँचौं जुनियर च्याम्पियनसिपमा पुर्व वडिविल्ङ प्रतियोगिता विजेताहरुले सहभागिता हुन पाउने छैन। प्रतियोगितामा धरान भित्रका फिटनेस सेन्टरका खेलाडिहरुले मात्र सहभागिता हुन पाउने छन्। 

प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, तृतीयले नगद १५ हजार र चौथोले नगद १० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, टाइटल विजेताहरुमा वेस्ट पोजर, वेस्ट मस्कुलर, वेस्ट इम्प्रुभमेन्ट र वेस्ट टिमले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगितामा चार तौल समुह अन्तरगत ५५, ६०, ६५ र ७० केजी तौल समुह विच प्रतिश्पर्धा हुने छ । प्रत्येक तौल समुहका विजेताले फाइनल चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने भिजन फिटनेसका संचालक केशव श्रेष्ठले जानकारी गराए ।

भिजन फिटनेसको पहिलो प्रस्तुतिको रुपमा २०६८ सालमा मि. धरानको आयोजना गरेका थिए । दोस्रो संस्करणदेखि भने भिजन फिटनेसका खेलाडिहरु विच मात्र प्रतिश्पधा गराई मि.भिजन च्याम्पियनसिपको सुरुवात गरेका थिए । 

त्यस्तै, छैटौ संस्करणमा भने धरान उपमहानगर भरिका खेलाडिहरुले प्रतिस्पर्धामा सहभागिता जनाउन पाइने गरी पाँचौं जुनियर मि. भिजन च्याम्पियनसिप गर्न लागिएको आयोजकले जनाए । 

पत्रकार सम्मेलनमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, फिटनेसका सचिव विनोदकुमार नेपाली, कोषाध्यक्ष सिता राई श्रेष्ठ, सदस्य प्रिया देवान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...