News Portal

धरानमा पाँचौं जुनियर भिजन च्याम्पियनसिप फागुन १९ मा हुने

विकास चाम्लिङ राई
३६० पटक

पौष-११, बुधबार/धरान – धरान उपमहानगरपालिका धरानका भिजन फिटनेसको आयोजनामा फागुन १९ गते पाँचौं धरान उपमहानगर स्तरिय जुनियर मि. भिजन च्यापियनसिप २०८० हुने भएको छ ।

भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाँचौं जुनियर मि. भिजन वडिविल्डि¨ च्याम्पियनसिपको आयोजना गर्न लागिएको फिटनेसले बुधबार बुद्धचौक स्थित एमसी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराए । 

पाँचौं जुनियर च्याम्पियनसिपमा पुर्व वडिविल्ङ प्रतियोगिता विजेताहरुले सहभागिता हुन पाउने छैन। प्रतियोगितामा धरान भित्रका फिटनेस सेन्टरका खेलाडिहरुले मात्र सहभागिता हुन पाउने छन्। 

प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, तृतीयले नगद १५ हजार र चौथोले नगद १० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, टाइटल विजेताहरुमा वेस्ट पोजर, वेस्ट मस्कुलर, वेस्ट इम्प्रुभमेन्ट र वेस्ट टिमले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगितामा चार तौल समुह अन्तरगत ५५, ६०, ६५ र ७० केजी तौल समुह विच प्रतिश्पर्धा हुने छ । प्रत्येक तौल समुहका विजेताले फाइनल चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने भिजन फिटनेसका संचालक केशव श्रेष्ठले जानकारी गराए ।

भिजन फिटनेसको पहिलो प्रस्तुतिको रुपमा २०६८ सालमा मि. धरानको आयोजना गरेका थिए । दोस्रो संस्करणदेखि भने भिजन फिटनेसका खेलाडिहरु विच मात्र प्रतिश्पधा गराई मि.भिजन च्याम्पियनसिपको सुरुवात गरेका थिए । 

त्यस्तै, छैटौ संस्करणमा भने धरान उपमहानगर भरिका खेलाडिहरुले प्रतिस्पर्धामा सहभागिता जनाउन पाइने गरी पाँचौं जुनियर मि. भिजन च्याम्पियनसिप गर्न लागिएको आयोजकले जनाए । 

पत्रकार सम्मेलनमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, फिटनेसका सचिव विनोदकुमार नेपाली, कोषाध्यक्ष सिता राई श्रेष्ठ, सदस्य प्रिया देवान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...