News Portal

तेस्रो असोक बास्फोर बास्केटबल; विराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर बिजयी

विकास चाम्लिङ राई, धरान
२६६ पटक

पौष-११, बुधबार/धरान – सुनसरीको धरानमा संचालन भईरहेको डायनामिक युथ क्लवको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको तेस्रो-चौथो दिन भएको खेलमा विराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर क्लब बिजयी भएका छन् ।

आयोजित खेलको लिग कम नकाउटको आधारमा भएको प्रतियोगिताको हिजो मंगलबार भएको खेलमा विराटनगरले इटहरीलाई ४०-३३, ब्रदसले रेड डेभिल्सलाई ८०-४१, बिर्तामोडले धनकुटालाई ६६-४२, मिराकलले तरहरालाई ६८-५०, इमोर्टलले चक्रपथलाई ८३-५६ र यलम्बरले होराइजनलाई ७४-५२  अंकको अन्तरले पराजित गरेको हो । 

आयोजित खेलमा विराटनगरका सुरज बस्नेतले १७, ब्रदसका कबिन मगरले २१, धनकुटाका कैलाश लिम्बू २६, मिराकलका साहिल तामाङ र इमोर्टलका निकेस मगरले समान ३९ अंक र यलम्बरका दिवस राईले ब्यक्तिगत ३३ जोडेका थिए । 

प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा हुनेछ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाडौं गरी १२ टिमले सहभागिता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...