News Portal

सिन्धुलीमा बस र मोटरसाईकल दुर्घटना हुदा खोटाङका दुईजनाको मृत्यु

हिमालीसंचार संवाददाता
७०९ पटक

पौष-९, सोमबार/खोटाङ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित वीपी राजमार्गमा सोमबार बिहान सवारी दुर्घटना हुँदा खोटाङका दुई जनाको मृत्यु भएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौतर्फ जाँदै गरेको बस र बिपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्कीदा दुर्घटना भएको प्रहरीले बताएको हो ।

मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीले चलाएको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बस र बागमति प्रदेश ६० प ३५४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएको थियो।  

मोटरसाइकल चालक हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाका २० वर्षको सुसन राई र उनको पछाडी बसेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षीया मुनाकला राईको घटना स्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। प्रहरीका अनुसार बस र चालक प्रहरीको नियन्त्रणमा छ। 

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...