News Portal

धरानमा नेवा च्यारिटी फण्डद्धारा शैक्षिक सामग्री वितरण

विकास चाम्लिङ राई
३०५ पटक

पौष-८,आइतबार/धरान – नेवा च्यारिटी फण्ड अन्तरर्गत धरान रन संस्थाले गत शनिवार विधार्थीहरुलाई गत आर्थिक बर्षहरुमा जस्तै यो बर्ष पनी शैक्षिक सामग्री वितरण गरेको छ ।

धरान रनले आफ्नै कार्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरि १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन । धरान रनले कार्यक्रममा उपस्थित १२ जना विद्यार्थीहरुलाई नेवा च्यारिटि फण्ड अन्तरर्गत छात्रवृतिमा अध्ययन गराइरहेका छन्। छात्रवृति अनुसार वर्षमा तिन पटक उनीहरुलाई आवश्यक शैक्षिक सामग्री, पोशाक, जुत्ता, ट्रयाकसुट, छाता लगायत प्रदान गर्दै आइरहेको छ। 

धरान रनले कोषवाट आएको व्याज रकमले सहयोग सामाग्री खरिद गरि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गर्दै आईरहेको जनाएका छन् । यो पटक २०८० सालमा करिव एक लाख रुपैया वरावरको शैक्षिक सामग्री वितरण गरिएको जानकारी गराए ।

धरान रन संस्थाले २०७५ सालमा नेवा एजुकेशन फण्ड स्थापना गरेका हुन। धरान रनले आयोजना गर्ने १० किलोमिटर नेवा च्यारिटि रन प्रतियोगिताबाट उठेको रकमले नेवा एजुकेशन फण्डको स्थापना गरिएको धरान रनका अध्यक्ष रोमु राईले जानकारी गराए। कोषमा करिव १२ लाख रुपैया रहेको समेत आयोजकले जानकारी दिए । 

शैक्षिक सामग्री वितरण संगै धरान रनले यहि फागुन १२ गते सम्पन्न हुन लागेको १२औं नेवा च्यारिटि १० के रन सफल वनाउन सम्पूर्णमा सहयोगका लागि आह्वान समेत गरेका छन ।

शैक्षिक सामग्री कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान रनका अध्यक्ष रोमु राई, नेपाल फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राई लगायतले उक्त शैक्षिक सामग्री वितरण गरेका थिए ।

तस्वीर: प्रतीत चम्लिङ राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...