News Portal

धरानमा नेवा च्यारिटी फण्डद्धारा शैक्षिक सामग्री वितरण

विकास चाम्लिङ राई
२८७ पटक

पौष-८,आइतबार/धरान – नेवा च्यारिटी फण्ड अन्तरर्गत धरान रन संस्थाले गत शनिवार विधार्थीहरुलाई गत आर्थिक बर्षहरुमा जस्तै यो बर्ष पनी शैक्षिक सामग्री वितरण गरेको छ ।

धरान रनले आफ्नै कार्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरि १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन । धरान रनले कार्यक्रममा उपस्थित १२ जना विद्यार्थीहरुलाई नेवा च्यारिटि फण्ड अन्तरर्गत छात्रवृतिमा अध्ययन गराइरहेका छन्। छात्रवृति अनुसार वर्षमा तिन पटक उनीहरुलाई आवश्यक शैक्षिक सामग्री, पोशाक, जुत्ता, ट्रयाकसुट, छाता लगायत प्रदान गर्दै आइरहेको छ। 

धरान रनले कोषवाट आएको व्याज रकमले सहयोग सामाग्री खरिद गरि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गर्दै आईरहेको जनाएका छन् । यो पटक २०८० सालमा करिव एक लाख रुपैया वरावरको शैक्षिक सामग्री वितरण गरिएको जानकारी गराए ।

धरान रन संस्थाले २०७५ सालमा नेवा एजुकेशन फण्ड स्थापना गरेका हुन। धरान रनले आयोजना गर्ने १० किलोमिटर नेवा च्यारिटि रन प्रतियोगिताबाट उठेको रकमले नेवा एजुकेशन फण्डको स्थापना गरिएको धरान रनका अध्यक्ष रोमु राईले जानकारी गराए। कोषमा करिव १२ लाख रुपैया रहेको समेत आयोजकले जानकारी दिए । 

शैक्षिक सामग्री वितरण संगै धरान रनले यहि फागुन १२ गते सम्पन्न हुन लागेको १२औं नेवा च्यारिटि १० के रन सफल वनाउन सम्पूर्णमा सहयोगका लागि आह्वान समेत गरेका छन ।

शैक्षिक सामग्री कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान रनका अध्यक्ष रोमु राई, नेपाल फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राई लगायतले उक्त शैक्षिक सामग्री वितरण गरेका थिए ।

तस्वीर: प्रतीत चम्लिङ राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...