News Portal

  • सोलारीको प्रशिक्षणमा उत्साही रियल म्याड्रिड, बार्सिलोनाको संघर्षपूर्ण जित

    हिमाली संचार संवाददाता
    ५५६ पटक

    म्याड्रिड : अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा पहिलो पटक मैदानमा ओर्लिएको रियल म्याड्रिडले कोपा डेल रे फुटबल प्रतियोगितामा फराकिलो अन्तरको जित हात पारेको छ । अन्तिम ३२ टोलीबीचको भिडन्तको बिहीबार बिहान खेलिएको पहिलो लेग खेलमा रियलले तेस्रो युडी मेलिल्लालाई उसैको मैदानमा ४—० गोलले हरायो । जितसँगै रियलले अघिल्लो चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

    गत सोमबार रियलले प्रशिक्षक युलेन लोपेटेग्वीलाई पदबाट बर्खास्त गरेपछि पूर्वखेलाडी सोलारी अन्तरिम प्रशिक्षकमा नियुक्त भएका हुन् । ‘एल क्लासिको’ भिडन्तमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग लज्जाजनक पराजय भोगेको एक दिनपछि नै रियलले प्रशिक्षक लोपेटेग्वीलाई पदबाट बर्खास्त गरेको थियो । उनले १४ खेलमा मात्र रियलका लागि प्रशिक्षकको भूमिका निर्वाह गरे।

    खेलको २८औं मिनेटमा करिम बेन्जेमाले रियलका लागि पहिलो गोल गरे । पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि मार्को एसेन्सियोले टोलीको अग्रता दोब्बर बनाएका थिए । ७९औं मिनेटमा अल्भारो ओड्रिजोलाले रियलका लागि तेस्रो गोल थपे भने खेलको अन्तिम समयमा क्रिस्टो गोन्जालेजले चौथो गोल गरेका थिए ।

    जारी सिजनमा लोपेटेग्वीको प्रशिक्षकत्वमा निराशाजनक प्रदर्शन गर्दै आएको रियल स्पेनिस ला लिगा तालिकाको नवौं स्थानमा छ । घरेलु लिगमा १० खेल खेलिसकेको रियलले १४ अंकमात्र बटुल्न सकेको छ ।

    अर्को खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लब कल्चरल लियोनेसालाई हराउन ठूलै संघर्ष गर्नु प¥यो । प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा फ्रान्सेली डिफेन्डर क्लिमेन्ट लेङ्लेटले निर्णायक गोल गरेपछि मात्र बार्सिलोनाको जित सम्भव भएको थियो । उनले बार्सिलोनाका लागि गरेको यो पहिलो गोल हो । उनले ओस्मान डेम्बेलको फ्रिकिक पासमा गोल गरेका थिए ।
    घरेलु टोली कल्चरले खेलको प्रारम्भदेखि नै बार्सिलोनालाई दबाबमा राखेको थियो । कोपा डेल रेकै अर्को खेलमा गेटाफेले कोर्डोबालाई उसैको मैदानमा २—१ गोलले हरायो भने डेपोर्टिभो आल्भेस आफ्नै मैदानमा गिरोनासँग २—२ गोलको बराबरीमा रोकियो । रियल भालाडोलिडले पनि मलोर्कालाई उसैको मैदानमा २—१ गोलले पाखा लगायो । एजेन्सी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...