News Portal

सोलारीको प्रशिक्षणमा उत्साही रियल म्याड्रिड, बार्सिलोनाको संघर्षपूर्ण जित

हिमाली संचार संवाददाता
६३८ पटक

म्याड्रिड : अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा पहिलो पटक मैदानमा ओर्लिएको रियल म्याड्रिडले कोपा डेल रे फुटबल प्रतियोगितामा फराकिलो अन्तरको जित हात पारेको छ । अन्तिम ३२ टोलीबीचको भिडन्तको बिहीबार बिहान खेलिएको पहिलो लेग खेलमा रियलले तेस्रो युडी मेलिल्लालाई उसैको मैदानमा ४—० गोलले हरायो । जितसँगै रियलले अघिल्लो चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

गत सोमबार रियलले प्रशिक्षक युलेन लोपेटेग्वीलाई पदबाट बर्खास्त गरेपछि पूर्वखेलाडी सोलारी अन्तरिम प्रशिक्षकमा नियुक्त भएका हुन् । ‘एल क्लासिको’ भिडन्तमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग लज्जाजनक पराजय भोगेको एक दिनपछि नै रियलले प्रशिक्षक लोपेटेग्वीलाई पदबाट बर्खास्त गरेको थियो । उनले १४ खेलमा मात्र रियलका लागि प्रशिक्षकको भूमिका निर्वाह गरे।

खेलको २८औं मिनेटमा करिम बेन्जेमाले रियलका लागि पहिलो गोल गरे । पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि मार्को एसेन्सियोले टोलीको अग्रता दोब्बर बनाएका थिए । ७९औं मिनेटमा अल्भारो ओड्रिजोलाले रियलका लागि तेस्रो गोल थपे भने खेलको अन्तिम समयमा क्रिस्टो गोन्जालेजले चौथो गोल गरेका थिए ।

जारी सिजनमा लोपेटेग्वीको प्रशिक्षकत्वमा निराशाजनक प्रदर्शन गर्दै आएको रियल स्पेनिस ला लिगा तालिकाको नवौं स्थानमा छ । घरेलु लिगमा १० खेल खेलिसकेको रियलले १४ अंकमात्र बटुल्न सकेको छ ।

अर्को खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लब कल्चरल लियोनेसालाई हराउन ठूलै संघर्ष गर्नु प¥यो । प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा फ्रान्सेली डिफेन्डर क्लिमेन्ट लेङ्लेटले निर्णायक गोल गरेपछि मात्र बार्सिलोनाको जित सम्भव भएको थियो । उनले बार्सिलोनाका लागि गरेको यो पहिलो गोल हो । उनले ओस्मान डेम्बेलको फ्रिकिक पासमा गोल गरेका थिए ।
घरेलु टोली कल्चरले खेलको प्रारम्भदेखि नै बार्सिलोनालाई दबाबमा राखेको थियो । कोपा डेल रेकै अर्को खेलमा गेटाफेले कोर्डोबालाई उसैको मैदानमा २—१ गोलले हरायो भने डेपोर्टिभो आल्भेस आफ्नै मैदानमा गिरोनासँग २—२ गोलको बराबरीमा रोकियो । रियल भालाडोलिडले पनि मलोर्कालाई उसैको मैदानमा २—१ गोलले पाखा लगायो । एजेन्सी

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...