News Portal

मोरङको रंगेलीमा प्रथम प्रीमियम क्रिकेट खेल शुरु

रविन्द्र बराल
४२१ पटक

पौष-६, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रथम संस्करणको टि-२० प्रिमियर लिग क्रिकेट प्रतियोगिता बिहिबारदेखि शुरु भएको छ।

खेलकूद विकास समितिले पौष-८ गतेदेखि २२ गतेसम्म जनता क्याम्पसको खेलमैदानमा उक्त प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलको प्रमुख अथिति मोरङको क्षेत्र नं ५ का संघीय सांसद योगेन्द्र मण्डल, विशिष्ट अतिथि प्रदेश सांसद पुर्व मन्त्री गयानन्द मण्डल, नगर प्रमुख दिलिप बगडिय उपप्रमुख भुमा पराजुली, नेपाली कांग्रेसका मोदराज घिमिरे,  गोपालमान सिंह राज भण्डारी, जगर्नाथ मण्डल, खेलकूद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरे, स्थानीय सामजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो। 

उद्घाटन खेलमा प्रमुख अथिति योगेन्द्र मण्डलले बलिङ गरेर  व्याटिङमा नगर प्रमुख दिलिप बगडियाले गरेर खेलको उद्घाटन गरेका थिए । खेलमा  बिजेताले नगद १ लाख रुपैयाँको उप बिजेताले नगद ५१ हजार रुपैयाँ र प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सीरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको छ । 

हिजो भएको पहिलो खेलमा वडा नम्बर २ ले टच जिते व्याटिङ गरेकोमा २० ओभरको खेलमा ६८ रन मात्रै बनाउन सफल भएको  थियो। वडा नम्बर  ४ ले ६९ रन ल्याएर बिजय भएको थियो। आयोजित प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...