News Portal

मोरङको रंगेलीमा प्रथम प्रीमियम क्रिकेट खेल शुरु

रविन्द्र बराल
४७८ पटक

पौष-६, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रथम संस्करणको टि-२० प्रिमियर लिग क्रिकेट प्रतियोगिता बिहिबारदेखि शुरु भएको छ।

खेलकूद विकास समितिले पौष-८ गतेदेखि २२ गतेसम्म जनता क्याम्पसको खेलमैदानमा उक्त प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलको प्रमुख अथिति मोरङको क्षेत्र नं ५ का संघीय सांसद योगेन्द्र मण्डल, विशिष्ट अतिथि प्रदेश सांसद पुर्व मन्त्री गयानन्द मण्डल, नगर प्रमुख दिलिप बगडिय उपप्रमुख भुमा पराजुली, नेपाली कांग्रेसका मोदराज घिमिरे,  गोपालमान सिंह राज भण्डारी, जगर्नाथ मण्डल, खेलकूद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरे, स्थानीय सामजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो। 

उद्घाटन खेलमा प्रमुख अथिति योगेन्द्र मण्डलले बलिङ गरेर  व्याटिङमा नगर प्रमुख दिलिप बगडियाले गरेर खेलको उद्घाटन गरेका थिए । खेलमा  बिजेताले नगद १ लाख रुपैयाँको उप बिजेताले नगद ५१ हजार रुपैयाँ र प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सीरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको छ । 

हिजो भएको पहिलो खेलमा वडा नम्बर २ ले टच जिते व्याटिङ गरेकोमा २० ओभरको खेलमा ६८ रन मात्रै बनाउन सफल भएको  थियो। वडा नम्बर  ४ ले ६९ रन ल्याएर बिजय भएको थियो। आयोजित प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...