News Portal

  • नगरप्रमुखले आश्वासन मात्रै दिए, घाँस बेचेर तलब खान्छन् शिक्षक

    हिमालीसंचार संवाददाता
    २२७ पटक

    डडेलधुरा। डडेलधुराको परशुराम नगरपालिका-६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब खुवाउन घाँस बेचेर आर्थिक जोहो गर्दै आएको छ।

    विसं २०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक क्षेत्रमा दक्षजनशक्ति दिएको छ। तर विद्यालयको आन्तरिक स्रोत नहुँदा समस्या छ।

    निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर समेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए।

    ‘स्थानीय सामुदायिक वनले विगतमा सहयोग गर्दा विद्यालय सञ्चालनमा अलि सहयोग पुगेको थियो,’ प्रधानाध्यापक भट्टराईले भने, ‘केही वर्षयता वन पदाधीकारी मुद्दामा मुछिएपछि त्यो पनि बन्द भयो।’

    प्राविधिकदेखि दश जोड दुईसम्म २७२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा २० जना शिक्षक कर्मचारी कार्यरत छन्।

    ‘मैदानको घाँस बिक्रीबाट १५र२० हजार र अर्को स्कूलको एउटा घर प्रहरी चौकीलाई भाडामा दिँदा मासिक रु चार हजार आउँछ,’ उनले भने, ‘त्यो बाहेक विद्यार्थीको प्रमाणपत्र लिँदाको शुल्क र स्थानीयले दिएको चन्दा सहयोगले पनि जेनतेन निजी शिक्षकलाई तलब खुवाउनु परेको छ।’

    विद्यालयमा कम्प्युटर सहायक, पुस्तकालय सहायक, परिचर र एक जना दश जोड दुई तहमा अध्यापनरत शिक्षक गरी चार जना निजी स्रोतका शिक्षक रहेका छन्।

    स्थानीय तहको निर्वाचनका बेला परशुराम नगरपालिकाले निजी स्रोतका शिक्षकलाई रु ३५ हजार मासिक दिने भनेर आश्वासन दिएपनि त्यो कार्यान्वयन नभएको प्रधानाध्यापक भट्टराईको गुनासो छ।

    ‘नगरपालिकामै बोलाएर आश्वासन दिएपनि रकम प्राप्त भएको छैन,’ उनले भने, ‘निजी स्रोतका शिक्षकलाई विदाई गरौँ यता पढाई प्रभावित हुने चिन्ता छ।’

    उनले निजी स्रोतका शिक्षक कर्मचारीमा मासिक रु ८० हजार खर्च हुने गरेको जानकारी दिए। विद्यालयको मुद्दती खातामा रहेको रकमबाट मासिक रु ६० हजार व्याज आउने भएकाले पनि केही राहत भएको उनको भनाइ थियो।

    विद्यालयमा सात जना शिक्षक स्थायी, चार जना निजी स्रोत र बाँकी नौ जना राहत र करारमा कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ। रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    केपी ओली सरकार हिटलरी मार्गमा

    – कमला थापा २०८२ भदौ २३ गते। आजबाट नाति पुस्ताको आन्दोलन सुरु भयो। १९९७, २०१२/१५...

    जेनजी आन्दोलनमा रबरको गोलीले लागेर पत्रकार घाइते

    काठमाडौं, भदौ २३ – नयाँबानेश्वर क्षेत्रमा भइरहेको जेएनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागेर...

    जेन–जीको आन्दोलनपछि काठमाडौँमा कर्फ्यु आदेश

    काठमाडौँ, भदौ २३ – सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन राजधानीमा...

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...