News Portal

मकाउमा एमटीआरसी रनिङ प्रतियोगितामा नेपाली खेलाडीले रच्यो इतिहास

“पहिलो, दोस्रो र तेस्रो सबै स्थानमा नेपाली खेलाडीको वर्चश्व!”

शान्तिदेवि अधिकारी, मकाउ
११६२ पटक

पौष-५, बिहिबार/मकाउ – मकाउमा सन् २०२० सालबाट शुरु गरिएको एमटीआरसी रनिङ प्रतियोगितामा मकाउ स्थित विभिन्न कम्पनीमा कार्यरत नेपाली खेलाडीहरुले इतिहास रचेका छन्।

आयोजित एमटीआरसी रनिङ प्रतियोगितामा डिसेम्बर १७ एमटीआरसी च्यालेन्ज रनिङ प्रतियोगितामा तीन जना नेपालीले पहिलो, दोस्रो र तेस्रो स्थानमा आफ्नो बर्चश्व जमाउदै मकाउमा पहिलो पटक इतिहास रचेका हुन्। कोभिड-१९ को प्रभावले गर्दा लामो समय स्थागित भएको खेलकूद विश्वबाट कोभिड-१९ नियन्त्रणमा आएसंगै मकाउमा पनी खेलकूद लगायद अन्य सामाजिक कार्यहरु धमाधम संचालन हुन थालेका छन् । 

लमजुङका लिलबहादुर गुरुङ मकाउ स्थित चोन सुरक्षा कम्पनीमा कार्यरत रहेका छन्। उनले २२ किलोमिटरको एमटीआरसी प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेका थिए। संखुवासभाका बीरु राई उनी ग्यालेक्सी अन्तरगत वाल्डो कम्पनीमा कार्यरत रहेका छन। उनले दोस्रो स्थान प्राप्त गरेका छन्। त्यस्तै, पाल्पाका केशरजंग आले मगरले तेस्रो स्थान प्राप्त गर्दै तीनै जना खेलाडिहरुले पहिलो, दोस्रो र तेश्रो स्थान हासिल गर्दै मकाउमा इतिहास रचेका छन् । 

आयोजित एमटीआरसी रनिङ प्रतियोगितामा २० जना नेपाली खेलाडीहरुले भाग लिएका थिए। प्रतियोगितामा सबै नेपाली खेलाडीहरुले समयमा नै निर्धारित दूरी समेत पार गरे। एनआरएनए पूर्व अध्यक्ष शान्तिदेवि अधिकारीले भने खुट्टाको समस्याले गर्दा सोचेको स्थान ल्याउन नसकेकी हिमालीसंचारडटकमसंग बताइन्। 

मकाउ ट्राइल रनिङ च्यालेन्जमा विशेष गरेर मकाउका स्थानीय खेलाडि र नेपाली खेलाडीहरुले मात्र भाग लिएका थिए। रनिङको अलवा बक्सिङ, कराते लगायदका खेलकूद समावेश गरिएको थियो। 

आयोजित २२ किलोमिटरको ट्रेल रनिङमा लिलबहादुर गुरुङले ०१-४७-५६ दूरी पार गर्दै पहिलो स्थान, बिरु राईले ०१-५१-१३ मिनेचमा दूरी पार गर्दै दोस्रो र केशरजंग आले मगरले ०१-५३-५४ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका हुन्। 

त्यस्तै, देउकुमार घले ०२-०५-१३ मिटेनमा दूरी पार गर्दै नेपाली समुह अन्तरगत चौथो स्थान कायम गरे भने समग्रमा छैठौं स्थान दुरी पार गरेका एनआरएनए पूर्व अध्यक्ष शान्तिदेवि अधिकारीले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

विजेता खेलाडिलाई कैलाश कम्पनीले जुत्ता, व्याक, कुपन, लक्की ड्र र प्रमाण-पत्रद्वारा सम्मान गरेका थिए। 

तस्वीर; शान्तिदेवि अधिकारी, मकाउ

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...