News Portal

मकाउमा एमटीआरसी रनिङ प्रतियोगितामा नेपाली खेलाडीले रच्यो इतिहास

“पहिलो, दोस्रो र तेस्रो सबै स्थानमा नेपाली खेलाडीको वर्चश्व!”

शान्तिदेवि अधिकारी, मकाउ
१०७३ पटक

पौष-५, बिहिबार/मकाउ – मकाउमा सन् २०२० सालबाट शुरु गरिएको एमटीआरसी रनिङ प्रतियोगितामा मकाउ स्थित विभिन्न कम्पनीमा कार्यरत नेपाली खेलाडीहरुले इतिहास रचेका छन्।

आयोजित एमटीआरसी रनिङ प्रतियोगितामा डिसेम्बर १७ एमटीआरसी च्यालेन्ज रनिङ प्रतियोगितामा तीन जना नेपालीले पहिलो, दोस्रो र तेस्रो स्थानमा आफ्नो बर्चश्व जमाउदै मकाउमा पहिलो पटक इतिहास रचेका हुन्। कोभिड-१९ को प्रभावले गर्दा लामो समय स्थागित भएको खेलकूद विश्वबाट कोभिड-१९ नियन्त्रणमा आएसंगै मकाउमा पनी खेलकूद लगायद अन्य सामाजिक कार्यहरु धमाधम संचालन हुन थालेका छन् । 

लमजुङका लिलबहादुर गुरुङ मकाउ स्थित चोन सुरक्षा कम्पनीमा कार्यरत रहेका छन्। उनले २२ किलोमिटरको एमटीआरसी प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेका थिए। संखुवासभाका बीरु राई उनी ग्यालेक्सी अन्तरगत वाल्डो कम्पनीमा कार्यरत रहेका छन। उनले दोस्रो स्थान प्राप्त गरेका छन्। त्यस्तै, पाल्पाका केशरजंग आले मगरले तेस्रो स्थान प्राप्त गर्दै तीनै जना खेलाडिहरुले पहिलो, दोस्रो र तेश्रो स्थान हासिल गर्दै मकाउमा इतिहास रचेका छन् । 

आयोजित एमटीआरसी रनिङ प्रतियोगितामा २० जना नेपाली खेलाडीहरुले भाग लिएका थिए। प्रतियोगितामा सबै नेपाली खेलाडीहरुले समयमा नै निर्धारित दूरी समेत पार गरे। एनआरएनए पूर्व अध्यक्ष शान्तिदेवि अधिकारीले भने खुट्टाको समस्याले गर्दा सोचेको स्थान ल्याउन नसकेकी हिमालीसंचारडटकमसंग बताइन्। 

मकाउ ट्राइल रनिङ च्यालेन्जमा विशेष गरेर मकाउका स्थानीय खेलाडि र नेपाली खेलाडीहरुले मात्र भाग लिएका थिए। रनिङको अलवा बक्सिङ, कराते लगायदका खेलकूद समावेश गरिएको थियो। 

आयोजित २२ किलोमिटरको ट्रेल रनिङमा लिलबहादुर गुरुङले ०१-४७-५६ दूरी पार गर्दै पहिलो स्थान, बिरु राईले ०१-५१-१३ मिनेचमा दूरी पार गर्दै दोस्रो र केशरजंग आले मगरले ०१-५३-५४ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका हुन्। 

त्यस्तै, देउकुमार घले ०२-०५-१३ मिटेनमा दूरी पार गर्दै नेपाली समुह अन्तरगत चौथो स्थान कायम गरे भने समग्रमा छैठौं स्थान दुरी पार गरेका एनआरएनए पूर्व अध्यक्ष शान्तिदेवि अधिकारीले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

विजेता खेलाडिलाई कैलाश कम्पनीले जुत्ता, व्याक, कुपन, लक्की ड्र र प्रमाण-पत्रद्वारा सम्मान गरेका थिए। 

तस्वीर; शान्तिदेवि अधिकारी, मकाउ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...