News Portal

कोशी प्रदेश प्रहरी अस्पताल बेलबारी नै आउने

हिमालीसंचार संवाददाता
५२१ पटक

पौष-३,मंगलबार/बेलबारी – मोरङको बेलबारीबाट रातरात सारिएको कोशी प्रदेश प्रहरी अस्पताल पुनः बेलबारी आउने भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले बेलबारीमा ठाउँ अभाव भएको भन्दै प्रदेश प्रहरी अस्पतालालाई सुनसरीको इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा सारेको थियो। अस्पताल सारिए लगत्तै स्थानीय राजनीतिक दल, बेलबारी नगरपालिका, वाणिज्य संध र सरोकारवालाहरूले संयुक्तरूपमा अस्पताल फर्काउन आन्दोलन शुरु गरेका थिए ।

मोरङको बेलबारीबाट अस्पताल अन्यन्त्र सारिएपछि पुनःबेलबारी फर्काउन बेलबारीबाट नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला सहित नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बु, नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, नेकपा एमालेका जिल्ला सदस्य ईरान राई, नेकपा माओबादी केन्द्रका बेलबारी अध्यक्ष पर्शुराम सुवेदी, इन्चार्ज तिलक राई, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बु, गीता तिम्सिना लगायतका व्यक्तिहरु काठमाडौं पुगेका थिए। 

काठमाडौंमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर अस्पताल फिर्ता गर्दिन आग्रह गरेपछि प्रधानमन्त्री अस्पताल फर्काउन सकारात्मक भएका थिए। कांग्रेस महासिति सदस्य महेन्द्र सुबेदीका अनुसार – प्रधानमन्त्रीको निर्देशनपछि हाम्रो टोलिले सोमबार दिउँसो प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग छलफल गरेको थियो।  बेलबारीबाट सारिएको कोशी प्रदेश प्रहरी अस्पताललाई पुनःबेलबारीमै लान प्रहरी महानिरीक्षकसँग सहमति भएको सुबेदीको भनाई छ ।

सुवेदीका अनुसार कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालन गर्न नगरपालिकाले जग्गा उपलब्ध गराउने सहमती भएको छ । जग्गा उपलब्ध गराउन नगरपालिका सहमत भएको नगरका उप-प्रमुख नितु थापा कोइरालाले बताए । उनका अनुसार एक हप्ता भित्र कार्यपालिका बैठकले निर्णय गरेर अस्पताल सञ्चालन गर्न भवन दिने र जग्गा उपलब्ध गराउने सहमति भएको छ । सहमति अनुसार अस्पताल एक साता भित्र पुन बेलबारीमा नै आउने छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...