News Portal

त्रिविको दीक्षान्त समारोहलाई गिनिज वर्ल्ड रेकर्डले अवलोकन गर्दैं

हिमालीसंचार संवाददाता
५०४ पटक

पौष-२,सोमबार/काठमाडौं – त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ द वर्ल्डले अवलोकन गर्ने भएको छ । त्रिविले यती धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित  गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। सो कार्यक्रमको क्रममको लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो ।

टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि आवश्यक प्रक्रिया अघि बढाउने त्रिविले जनाएको छ । आजको दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए । गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए ।

त्

त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम शुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।

त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न दिएको छैन । जसले गर्दा यात्रुहरु मारमा परेका छन् ।

त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी भने साढे १२ हजार रहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी गराएका छन् । विद्यार्थीका अभिभावकसहित समारोहमा करिब २८ हजार जना उपस्थित हुने अनुमान गरिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...