News Portal

धरानमा आयोजित बास्केटबल खेलको उपाधि पिबिए बास्केटबल च्याम्पियन बन्यो (फोटोफिचर)

विकास चाम्लिङ राई
४२५ पटक

पौष-१, आइतबार/धरान – धरान वडा नं. १३ बाल संजालको आयोजना तथा पोसिबल बास्केटबल एकेडेमी (पिबिए)को संयोजनमा आयोजित दुई दिने दोस्रो पिबिए महिला-पुरुष बास्केटबल च्याम्पियसिपको उपाधी पिबिएले चुमेको छ ।

प्रतियोगिताको संयोजन समेत गरेका पिबिएले महिला र पुरुष दुबैतर्फका उपाधि जितेका हुन। पिबिएले महिलातर्फ धरान नं. ५ वडा टिमलाई ७-२ र पुरुषतर्फ धरान १७ लाई १६-९ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन। महिला र पुरुष तर्फका बिजेता पिबिएले नगद ५ हजार र उपबिजेता धरान ५ र धरान १७ ले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिताको एमभिपी (मोस्ट भ्यालुएबल प्लेयर) को उपाधी महिला र पुरुषतर्फ नै पिबिएका अबि लिम्बु र निर्जला राई घोषित भए । उनिहरुलाई  ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । २९ र ३० गते सम्पन्न प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ५ टिमले सहभागिता जनाएको थियो । 

सहभागी टिमहरु महिलातर्फ पिबिए धरान-१३, सुनगाभा स्कुल,  धरान ५, ११, ९, ६ र १९ न. वडाले सहभागिता जनाएको थियो । पुरुषतर्फ पिबिए, धरान १७, १६, ९ र ११ न. वडाका टिमले सहभागिता जनाएको थियो । 

त्यस्तै, प्रतियोगिताको फाइनल खेल अघि सुनसरी बास्केटबल भेट्रान र धरान १३ स्पोर्टिङ बिच मैत्रीपुर्ण बास्केटबल खेल सम्पन्न भएको थियो । मैत्रीपुर्ण खेलमा सुनसरी भेट्रान २२-१४ अंकले बिजयी भए । खेलमा भेट्रानतर्फका विकास चाम्लिङ राइले ब्यक्तिगत १४ अंक जोडेका थिए । बिजेता भेट्रान टिमलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि १३ न. वडा सदस्य तारा गोले तामाङ, बास्केटबल प्रशिक्षक वकास चाम्लिङ राई, कोशी प्रदेश बास्केटबल संघ उपाध्यक्ष रोशन राई, हरियाली बास्केटबल प्रशिक्षक रन्जित लिम्बू लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...