News Portal

    पूर्वाञ्चल झापाका पहिचानवादी आन्दोलनका संयोजक चौधरीलाई प्रहरीले पक्राउ गऱ्यो

    हिमालीसंचार संवाददाता
    २९१ पटक

    मंसिर-२७,बुघबार/झापा– नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश नं. १ पुन:नामाकंन समितिका संयोजक पाण्डवलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनले फेसबुक पेजमा आफूलाई प्रहरीले बिना वारेन्ट घरबाटै गिरफ्तार गरेको उल्लेख गरेका छन् । प्रहरीले उनलाई मंगलबार राति अर्जुनधारा-६ स्थित निजको घरको गेट र ढोका फोरेर प्रहरीले घरबाट पक्राउ गरी बुधबार अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरेको आदिवासी जनजाति महासंघ झापाले जनाएको छ ।

    ‘एक नम्बर प्रदेश पुन:नामाकंन समिति’को आयोजनामा मंगलबार दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाउने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा कालो झण्डासँगै मुख्यमन्त्री कार्की सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको थियो । उक्त घटनापछि प्रहरीले चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाइएको छ ।

    कोशी प्रदेश नामकरण गरेपछि पूर्वका पहिचानवादीहरुले आन्दोलनका कार्यक्रमहरु एकपछि अर्को गर्दै तीव्र पार्दै लगेपछि प्रशासनले चौधरीलाई केही दिनयता निगरानी गर्दै आएको थियो ।

    प्रदेश नं. १ पुनःनामकरण संयुक्त समिति, झापाले बुधबार जिल्ला प्रशासन झापामा ज्ञापनपत्र बुझाउँदै चौधरीलाई २४ घन्टाभित्र छाड्न अल्टिमेटम दिएको छ। पहिचानवादी नेता दिपेनवाला राईले २४ घन्टाभित्र चौधरीलाई नछाडे थप संघर्षका कार्यक्रमहरु अघि बढाइने जनाए । 

    उनले भने, ‘बिहीबारसम्म पनि प्रशासनले चौधरीलाई रिहाई गरेन भने आदिवासी जनजाति महासंघलगायतका संघ/संस्थाहरुसँग छलफल गरेर आन्दोलनको कार्यक्रम तय गरिने छ ।’ पूर्वका पहिचानवादी नेताहरु सेसेहाङ फ्याक, केवलराम राई, गौरीमान राई लगायतले सहायक प्रजिअ विश्वराज नेपाललाई ज्ञापनपत्र बुझाएका थिए।  

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

    काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको...

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ...

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...