News Portal

पूर्वाञ्चलको फिदिममा पहिचानवादीहरुले युवा दस्ता खडा गरी मार्च गरे

हिमालीसंचार संवाददाता
३२० पटक

मंसिर-२७, पाँचथर – प्रदेश नं. १ संघर्ष समितिले पहिचानका लागि युवा दस्ता सार्वजनिक गर्दै बुधबार पाँचथरको सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रममा पहिचानवादीहरुले मार्चपाससहित १ हजार १ सय ११ जनाको सदस्यीय युवा दस्ता सार्वजनिक गरिएको हो ।

युवा दस्ताले लाठी र मुंग्रोसहित फिदिम बजार परिक्रमासँगै मार्चपास गरेको थियो। पहिचान पक्षधरहरुले आन्दोलनको मर्म र भावनाविपरीत साविकको प्रदेश नं. १ ‘कोशी’ नामकरण गरिएको भन्दै आन्दोलन गरेका हुन्। 

आन्दोलनलाई प्रभावकारी रुपमा अघि बढाउन युवा दस्ता घोषणा गरिएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक सुवाष तुम्बापोले हिमालीसंचारडटकमसंग बताए । उनका अनुसार यसअघि मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर र ताप्लेजुङ जिल्लामा युवा दस्ता घोषणा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...