News Portal

  • केशव स्थापितको मन्त्री पद धरापमा, मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोप !

    हिमालीसंचार संवाददाता
    ५६५ पटक

    काठमाडौं , १५ कात्तिक : प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ ।

    बुधबारको मन्त्रिपरिषद् बैठकमा पनि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएको एक मन्त्रीले बताए । पटक–पटक अभद्र ढंगले प्रस्तुत हुने र सार्वजनिक ढंगले मुख्यमन्त्रीको अपमान गरेपछि उनलाई हटाउने अनुमतिका लागि नेकपा नेतृत्वसँग छलफल चलेको स्रोतले जनाएको छ ।

    स्थापितलाई हटाउने प्रयोजनकै लागि मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं आउँदैछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेतृत्वसँग यसबारेमा छलफल गरिने स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेलले स्थापितसँग काम गर्न नसकिने जानकारी गराएका छन् ।

    एक मन्त्रीले भने, ‘मुख्यमन्त्री भनेको नेता हो, उनको नेतृत्व मानेर सरकारमा गइसकेपछि मिलेर काम गर्नुपर्छ । असहमति हो भने राजीनामा दिनुपर्छ । तर, स्थापितको शैली असन्तुलित र असामान्य देखियो । उनी अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भयो । यसरी काम गर्न सकिन्न ।’

    पार्टी अध्यक्षलाई भेटेर कि हटाउने अनुमति दिन कि त आत्मालोचनासहित काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिने स्रोतले जनाएको छ । मी टू अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उनको पद संकटमा परेको छ ।

    भौतिक पूर्वाधार मन्त्रालयको काम केही नभएको र १७ करोड बजेट भएको मन्त्रालयको प्रगति नदेखिएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ । पटक–पटक सम्झाउँदा पनि स्थापित नसुध्रिएपछि उनलाई हटाउन लागिएको स्रोतको दाबी छ ।

    संविधान अनुसार मुख्यमन्त्रीले मन्त्री हटाउन सक्छन्, तर पार्टी नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय लिन लागिएको पौडेलनिकट स्रोतले बतायो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...