News Portal

पूर्वमन्त्री गोपाल किरातीसहित पहिचानवादीहरु प्रहरी नियन्त्रणमा लियो, विनासर्त रिहाईको माग

हिमालीसंचार संवाददाता
२६७ पटक

खोटाङ – खोटाङमा प्रहरीले पूर्वमन्त्रीसहित पाँचजना पहिचानवादी पक्षधर नेताहरुलाई नियन्त्रणमा लिएको छ। नेकपा एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न उत्रेका पूर्व संस्कृति मन्त्री गोपाल किराती, राजेश राई, गन्धमान राई, विजय राई हलेसीबाट नियन्त्रणमा लिएको हो।

नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ राईलाई नुनथलाबाट प्रहरीले नियन्त्रणमा लिएको समेत पहिचानवादीहरुले बताएको छ। उनीहरुलाई विनासर्त रिहाईको माग समेत गरिएको छ। 

प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले एमालेको संकल्प यात्रालाई अवरोध गर्न मंगलबारबाट उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्द घोषणा गरेका हुन् ।

बन्दका कारण खोटाङबाट छुट्ने लामो तथा छोटो दुरीका यातायात ठप्प रहेको छ। बन्दकर्ताहरुले ठाउँ–ठाउँमा टायर बालेका थिए। नुनथला, नाँगी, कदुवा र छापडाँडामा रुख ढालेर सडक अवरोध गरेका थिए। रुखलाई प्रहरीले जेसिभीको लगीएर पन्छाएका थिए। खोटाङबाट एमाले नेताहरु चढेको गाडी प्रहरी स्कटिङमा हर्कपुर पुऱ्याएको बताईएको छ।

नेकपा एमालेको ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ओखलढुंगाको हर्कपुर आउने भएपछि पहिचानबादीहरुले अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन्। 

नेकपा एमालेको संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश गर्ने कार्यक्रम रहेको थियो। हर्कपुरको सभालाई सम्बोधन गरेर ओली खोटाङ आएर एक रात बसेर भोजपुर तर्फ जाने कार्यक्रम रहेको छ। 

एमाले अध्यक्ष ओलीले पहिचानको आन्दोलन विरुद्ध विष वमन गरेकाले हर्कपुर आउनमा अवरोध गर्ने र खोटाङ छिर्न नदिने गत मंसिर २१ गते दिक्तेलमा पत्रकार सम्मलेनमार्फत पहिचानवादी पक्षधरहरुले जानकारी दिएका थिए। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...