News Portal

गण्डकी प्रदेश ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को आवश्यक तयारी सुरु

हिमालीसंचार संवाददाता
३११ पटक

अनील गुरुङ/कास्की – गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी फागुन पहिलो साता हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनको १८औँ संस्करण आगामी फागुन ५ गते शनिबार हुँदैछ । यसको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेश ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता भइसकेको छ । पश्चिमको सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्वमान चित्रमा स्थापित गराई खेल पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको र पछिल्लो समय म्याराथनमा अन्तर्राष्ट्रिय सहभागिता बढेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

पोखरा म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट हो। विश्वका ठूला सहरमा आयोजना हुने म्याराथन जस्तै पोखरा म्याराथन सधै चर्चामा रहेको अध्यक्ष पराजुलीले बताए । उनले भने, “म्याराथन आयोजनाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको छ । पोखराको ठूलो इभेन्टका रुपमा स्थापित भएको छ। १८औँ संस्करणमा ५० वटाभन्दा बढी देशका धावक पोखरा आउने विश्वास लिएका छौँ ।”

म्याराथनका लागि मञ्चले विभिन्न उपसमिति गठन गरी आवश्यक तयारीमा जुटेको अध्यक्ष पराजुलीले बताए। म्याराथनमा विदेशी धावकको संख्या बढाउन गर्नका लागि वैदेशिक समन्वय उपसमिति गठन गरी विदेशमा पनि प्रचारप्रसार गरिएको छ ।

संस्थाका प्रथम उपाध्यक्ष दीलबहादुर गुरुङले पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तीव्र पारिएको बताए । उनले सडक सुरक्षा, व्यवस्थापन, खेलाडी स्वास्थ्यलगायत विभिन्न विषयमा तयारीका काम अघि बढाइएको छ ।

म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरिप्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दीलबहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ उपसमितिको संयोजक रहेका छन् ।

त्यस्तै, अनुगमन तथा निरीक्षण उपसमिति संयोजकमा द्वितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल र प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक रहेका छन् । 

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...