News Portal

मोरङ बन्यो “प्रथम वाइवाइ किरात गोल्डकप २०८०” को च्याम्पियन

हिमालीसंचार संवाददाता
३७० पटक

अविन माबो/फिदिम – पूर्वाञ्चलको पाँचथरमा आयोजित ‘प्रथम वाइवाइ किरात गोल्डकप २०८०’ प्रतियोगितामा विर्ता युनाइटेड क्लब झापालाई हराँउदै मोरङको डाँगीहाट फुटबल क्लब ‘प्रथम वाइवाइ किरात गोल्डकप २०८०’ को उपाधि उचालेको छ। गत शनिवार साँझ सम्पन्न फाइनल खेलमा मोरङले झापालाई २–१ गोल अन्तरले हराँउदै मोरङ च्याम्पियन बनेको हो।

आयोजित खेलमा मोरङका सञ्जय धिमालले खेलको १० मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका खेलमा दोस्रो गोल उमेश राईले ४७औं मिनेटमा गरेका थिए। त्यस्तै, झापाका योगेश गुरुङले एक गोल गरेकका थिए। आयोजित प्रतियोगितामा विभिन्न विधामा ७ जना उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरेको छ।  

यस तर्फ विर्ता युनाइटेडका प्रदिप बुडाथोकी म्यान अफ दि म्याच धोषणा भए । उनले नगद पाँच हजार पुरस्कार पाए। मोरङका सन्जय धिमाल खेल अवधिभरीकै सर्वाधिक गोलकर्ता, अभिशेक लिम्बु सर्वोत्कृष्ट खेलाडी धोषित भए। 

मानबहादुर परियार डिफेन्स, प्रमिजय गच्छदार गोल किपर, मोरङका उमेश कार्की उत्कृष्ट मिडफिल्डर र मोरङकैं राज लिम्बुले वेष्ट कोच घोषित भएका थिए।  आयोजक पाँचथर फुटबल क्लबका शुकराज राई उदयमान खेलाडीका रुपमा पुरस्कृत भए । उनले नगद १५ हजार रुपियाँ पाए।  

खेलमा विजेता र उप विजेता टिम र खेलाडीलाई कोशी प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री कमलप्रसाद जवेगूले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए। आयोजित प्रतियोगिताको विजेता मोरङले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपियाँ सहित ट्रफी पाएका थिए । त्यस्तै, उपविजेता झापाले नगद २ लाख २ हजार २ सय २२ रुपियाँ र ट्रफीमा प्राप्त गरे। 

गत मंसिर १६ गते शनिबारदेखि शुरु भएको किरात गोल्डकपमा नेपालको ए डिभिजन क्लब ‘हिमालयन शेर्पा’ र भारतको युनाइटेड फुटबल क्लब दार्जिलिङ सहित आठ टिमको सहभागिता रहेको आयोजक पाँचथर फुटबल क्लवका अध्यक्ष अनुराग मगरले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...