News Portal

मोरङ बन्यो “प्रथम वाइवाइ किरात गोल्डकप २०८०” को च्याम्पियन

हिमालीसंचार संवाददाता
३२९ पटक

अविन माबो/फिदिम – पूर्वाञ्चलको पाँचथरमा आयोजित ‘प्रथम वाइवाइ किरात गोल्डकप २०८०’ प्रतियोगितामा विर्ता युनाइटेड क्लब झापालाई हराँउदै मोरङको डाँगीहाट फुटबल क्लब ‘प्रथम वाइवाइ किरात गोल्डकप २०८०’ को उपाधि उचालेको छ। गत शनिवार साँझ सम्पन्न फाइनल खेलमा मोरङले झापालाई २–१ गोल अन्तरले हराँउदै मोरङ च्याम्पियन बनेको हो।

आयोजित खेलमा मोरङका सञ्जय धिमालले खेलको १० मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका खेलमा दोस्रो गोल उमेश राईले ४७औं मिनेटमा गरेका थिए। त्यस्तै, झापाका योगेश गुरुङले एक गोल गरेकका थिए। आयोजित प्रतियोगितामा विभिन्न विधामा ७ जना उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरेको छ।  

यस तर्फ विर्ता युनाइटेडका प्रदिप बुडाथोकी म्यान अफ दि म्याच धोषणा भए । उनले नगद पाँच हजार पुरस्कार पाए। मोरङका सन्जय धिमाल खेल अवधिभरीकै सर्वाधिक गोलकर्ता, अभिशेक लिम्बु सर्वोत्कृष्ट खेलाडी धोषित भए। 

मानबहादुर परियार डिफेन्स, प्रमिजय गच्छदार गोल किपर, मोरङका उमेश कार्की उत्कृष्ट मिडफिल्डर र मोरङकैं राज लिम्बुले वेष्ट कोच घोषित भएका थिए।  आयोजक पाँचथर फुटबल क्लबका शुकराज राई उदयमान खेलाडीका रुपमा पुरस्कृत भए । उनले नगद १५ हजार रुपियाँ पाए।  

खेलमा विजेता र उप विजेता टिम र खेलाडीलाई कोशी प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री कमलप्रसाद जवेगूले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए। आयोजित प्रतियोगिताको विजेता मोरङले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपियाँ सहित ट्रफी पाएका थिए । त्यस्तै, उपविजेता झापाले नगद २ लाख २ हजार २ सय २२ रुपियाँ र ट्रफीमा प्राप्त गरे। 

गत मंसिर १६ गते शनिबारदेखि शुरु भएको किरात गोल्डकपमा नेपालको ए डिभिजन क्लब ‘हिमालयन शेर्पा’ र भारतको युनाइटेड फुटबल क्लब दार्जिलिङ सहित आठ टिमको सहभागिता रहेको आयोजक पाँचथर फुटबल क्लवका अध्यक्ष अनुराग मगरले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...