News Portal

रामधुनी–७ का वडाअध्यक्ष धरानको एक होटलबाट आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ

हिमालीसंचार संवाददाता
४२२१ पटक

धरान – सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष केशव गौतम एक महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा धरानको शुभकामना होटलबाट आपतिजनक अबस्थामा रंगेहात पक्राउ परेका छन् ।

शनिवार दिउँसो धरान-१२ स्थित शुभकामना होटलबाट वडाध्यक्ष गौतमलाई प्रहरीले रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएस्पी नवराज मल्लले पुष्टि गरे ।

वडाध्यक्ष गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरीले दिउसो करिब ३ बजे दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्यसमेत रहेका वडाध्यक्ष गौतम २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष निर्वाचित भएका हुन्। त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत उनी वडाअध्यक्ष निर्वाचित भए। उनको यो दोस्रो कार्यकाल हो ।

वडाध्यक्ष गौतम प्रहरी हिरासतमा रहेका छन्।  प्रहरीले दुवै जनालाई आपतिजनक अबस्थामा भेटिएका वडाध्यक्ष गौतमलाई छोड्न प्रहरीलाई सभासददेखि माथिल्लो तहबाट टेलिफोन आइरहेको स्रोतले बताएको छ। 

आज रामधुनीका मेयर शङ्करलाल चौधरी, उपमेयर तारा थापा, प्रदेश सांसद रमेश बस्नेत, एमाले नेता जयकुमार राई र हर्कजंग एभेङ समेतको टोली  इलाका प्रहरी कार्यालय पुगेका थिए।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...