News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रामधुनी–७ का वडाअध्यक्ष धरानको एक होटलबाट आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ

    हिमालीसंचार संवाददाता
    ४१०९ पटक

    धरान – सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष केशव गौतम एक महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा धरानको शुभकामना होटलबाट आपतिजनक अबस्थामा रंगेहात पक्राउ परेका छन् ।

    शनिवार दिउँसो धरान-१२ स्थित शुभकामना होटलबाट वडाध्यक्ष गौतमलाई प्रहरीले रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएस्पी नवराज मल्लले पुष्टि गरे ।

    वडाध्यक्ष गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरीले दिउसो करिब ३ बजे दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

    नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्यसमेत रहेका वडाध्यक्ष गौतम २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष निर्वाचित भएका हुन्। त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत उनी वडाअध्यक्ष निर्वाचित भए। उनको यो दोस्रो कार्यकाल हो ।

    वडाध्यक्ष गौतम प्रहरी हिरासतमा रहेका छन्।  प्रहरीले दुवै जनालाई आपतिजनक अबस्थामा भेटिएका वडाध्यक्ष गौतमलाई छोड्न प्रहरीलाई सभासददेखि माथिल्लो तहबाट टेलिफोन आइरहेको स्रोतले बताएको छ। 

    आज रामधुनीका मेयर शङ्करलाल चौधरी, उपमेयर तारा थापा, प्रदेश सांसद रमेश बस्नेत, एमाले नेता जयकुमार राई र हर्कजंग एभेङ समेतको टोली  इलाका प्रहरी कार्यालय पुगेका थिए।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...