News Portal

धरान उपमहानगरपालिका वडा नं. १५ वडा कार्यालयको बोर्डबाट पहिचानवादीहरुले कोशी शब्द हटाए

खोटाङको “हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ वडा कार्यालयमा समेत मेटे”

हिमालीसंचार संवाददाता
२३८ पटक

धरान – धरान उपमहानगरपालिका धरान-१५ स्थित वडा कार्यालयको बोर्डमा कोशी लेखिएको बोर्डमा पहिचानवादीहरुले कालो रंग स्प्रे लगाएर वडा कार्यालयको वोर्डमा लेखिएको “कोशी” शब्द हटाएका छन्। 

त्यस्तै, वडा कार्यालय नजिकै रहेको आधारभुत स्वास्थ्य केन्द्रको बोर्डमा पनि कालो रंग स्प्रे लगाएर कोशी शब्द मेटेका छन् । तत्कालिन प्रदेश सभाले प्रदेश नं. १ प्रदेशको नाम कोशी प्रदेश नामकरण गरेपछि पूर्वका पहिचानवादीहरुले संयुक्त संघर्ष समिति गठन गर्दै आन्दोलन गरी रहेका छन्।

पहिचानवादीहरुले प्रदेशभरिका सरकारी तथा अन्य कार्यालयहरुबाट कोशी लेखिएको ब्यानर, बोर्ड, स्टाम्पल, कागजातलगायत मेटाउने, च्यात्ने आन्दोलन जारी राखेका छन् ।

त्यस्तै, खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ वडा कार्यालय महादेवस्थानमा समेत आज नै पहिचानवादीहरुले कोशी शब्द मेटाई दिएका छन्। पछिल्लो समय पहिचानवादीहरुले उदयपुरको घुर्मीबाट आफ्नो पहिचान स्थापित गर्न संघर्षका कार्यक्रमहरु बृहत रुपमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण गर्न माग गर्दै आगामी मंसिर २६ गतेदेखि मध्य पहाडी मार्ग “धुर्मी-लेगुवा सडक अनिश्चितकालका लागि बन्द” आह्वान समेत गरेका छन्। 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...