News Portal

कांग्रेस उपसभापति निधिको प्रश्न – दुईतिहाईको सरकारले जनतालाई ताकीताकी गोली हान्न हो?

६१० पटक

सर्लाही : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीमा कांग्रेस कार्यकर्ताका हत्यारालाई संरक्षण गर्न गृहमन्त्रालय र कम्युनिष्ट नेतृत्वको सरकारले आदेश दिएको भन्दै यस्तो रबैयाप्रति भत्र्सना गरेका छन्।

नेकपाका कार्यकर्ताको गोलीबाट मंगलबार सर्लाहीको रामनगर गाउँपालिका–४ का रामबिलाश महतोको मृत्यु भएपछि बुधबार दिउँसो सर्लाही सदरमुकाम मलंगवा पुगेर उपसभापति निधिले भने ‘मैले सुनेको अनुसार सरकारको तर्फबाट कसैलाई नसमात्नु हामी मिलाउँछौं भनेर आदेश आएको छ। गृहमन्त्रालय र ओली सरकारको यस्तो रबैयाको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ।’

सर्लाही अस्पतालमा उपचाररत ८ जना घाइतेसंग भेटेपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले घाइतेहरुले आक्रमणकारीको नाम किटानीसाथ भन्दा पनि प्रहरीले गिरफ्तार नगरेर गैरजिम्मेवारपूर्ण व्यबहार देखाएको बताए। घाइतेहरुले उपसभापति निधिलाई आक्रमणमा श्रीनारायण राय, नबिन कुमार राय, उपेन्द्र राय, सुरेन्द्र यादब, धर्मेन्द्र साह लगायत रहेको बताएका थिए। अपराधीको पहिचान भइसक्दा पनि गिरफ्तार नगरिनु आपत्तिजनक भएको भन्दै नेता निधिले यस घटनामा कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।

उनले भने‘ हत्या र आक्रमणमा संलग्नहरुलाई सत्तापक्षले आफ्नो समर्थक भनेर जालझेल नगरियोस्।’ जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाई मत दिएको जनतालाई बिपक्षीलाई ताकीताकी गोली हान्नका लागि नभएको निधिको भनाई थियो।
उपसभापति निधिले घटनाको तत्काल छानवीन गरी दोषीमाथि कार्बाही नगरिए प्रदेश नम्बर २ बाट आन्दोलनको शुरुवात गर्ने उल्लेख गरे। मृतक रामबिलाश महतोलाई शहीद घोषणा गर्नुपर्ने, भाइतेको उपचारको व्यबस्था गरिनु पर्ने तथा क्षतिपूर्तिको तत्काल व्यबस्था गर्नुपर्ने निधिको भनाई थियो।

सर्लाही सदरमुकाम मलंगवामा उपसभापति निधिसहित कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्मा, आनन्द ढुंगाना, महेन्द्र यादब, जितेन्द्र देव, अमेरश सिंह घटनाको विरोधमा मलंगवमा निकालिएको विरोध प्रदर्शनमा सहभागी भएका थिए।

प्रदर्शनमा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका कांग्रेस जिल्ला सभापति तथा प्रदेश सांसदहरु सहभागी थिए। बिरोध प्रदर्शनपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला सभापतिहरुले दोषीलाई गिरफ्तार गरी कार्बाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

दोषीलाई कारबाहीको दायरमा ल्याउन प्रदेश २ का आठै जिल्लाका जिल्ला प्रशासनमा नेपाली कांग्रेस विहिबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै छ। स्पेसखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...