News Portal

मोरङमा जंगली हात्तीबाट सर्वसाधरणलाई ज्यान जोगाउन रातभर जाग्राम, हात्ती धपाउन सुरक्षाकर्मी परिचालित

हिमालीसंचार संवाददाता
३८१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको भाउन्ने स्थित साझ पखदेखि जंगली हात्तीका बथानदेखि स्थानीय भाउन्नेका सर्वसाधरणहरुलाई आफ्नो ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्।

जंगली हात्तीहरु दिनभरि नजिकै रहेको जंगलमा बस्ने साझपख आहाराको खोजिमा नजिकको मानव बस्तिहरुमा छिर्ने करिब तीन दर्जन जंगली हात्तिहरुले स्थानीय आक्रान्त बन्नु परेको छ। 

मोरङको बेलबारी नगरपालिका-१० स्थित भाउन्ने मानव बस्तिहरुमा जंगली हात्तिको यस्तो व्यवहारले स्थानीयको बालीनाली खाएर सोत्तर बनाई दिएको छ। स्थानीयको बालीनाली त सोत्तर नै बनायो। तर, स्थानीयहरुले राति सुत्न पाएका छैनन्।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले त्यस क्षेत्रमा जंगली हात्तीको यस्तो आतंक न्युनिकरण गर्न मानव बस्तिमा आएका जंगली हात्तीलाई जंगलतर्फ लखेट्न सुरक्षा निकायालाई निर्देशन दिएका छन्। 

त्यस्तै, जंगली हात्तीले क्षति पुऱ्याएका स्थानीयहरुलाई उचित क्षतिपूर्ति दिने समेत मुख्यमन्त्री कार्कीले आश्वसन दिएका छन्। विशेष गरेर बेलबारी वडा नं. ८ र १० स्थित स्थानीयको मकै र केरा खेतीमा जंगली हात्तीले ठुलो क्षति पुऱ्याएको बेलबारी वडा नं. १० की वडाध्यक्ष गंगाबहादुर याक्खाले जानकारी दिए। 

त्यस्तै, केही दिनदेखि दैनिक रुपमा राति जंगली हात्ती लखेट्न सशस्त्र प्रहरी, जनपद प्रहरी र नगर प्रहरीका सहित स्थानीयहरुले संयुक्त प्रयास गरिरहेका समेत वडाध्यक्षले बताए। 

मोरङको बेलबारी भाउन्ने क्षेत्रमा स्थानीयको मकै र केरा खेती राम्रो उत्पादन हुने गरेको छ । स्थानीयले लगाएको मकै र केरा खेतीलाई नगदे बालीका रुपमा आफ्नो मुख्य आम्दानीको स्रोत मान्ने गरेका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा यतिबेला जंगली हात्तीले आतंक मच्चाई रहेको छ । 

यस क्षेत्रमा विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक÷एक गरी चारजनाको सर्वसाधारणको ज्यान लिई सकेको छ । 

गत मंसिर ५ गते जंगली हात्तीको आक्रमणले गर्दा झापाको दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङ, मंसिर १३ गते राति सुनसरीको इटहरी-२ का रबिन खड्का, मंसिर १५ गते झापाको हल्दिबारी-३ धनबहादुर वन, लेटाङ-३ कमल माझीको ज्यान लिएको छ। कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्ती हूलका हूल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतंक मच्चाइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०-२१ वटाको छ। गत दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा जंगली हात्ती घुमिरहेका छन् । 

जंकली हात्तिलाई मानव बस्तिबाट धपाउन डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मंगलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित स्थानीय समेत जंगली हात्ती धपाउन परिचालित रहेका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...