News Portal

बुटवलको मासु पसलमा खसिबोकाका ६ महिनाअघिका खुट्टा-टाउका

हिमाली संचार संवाददाता
६२७ पटक

टोपराज शर्मा
बुटवल : बुटवलको एक मासु पसलमा करिब ६ महिनादेखिका खसीबोकाका खुट्टा  र टाउका फेला परेको छ । बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैसी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले करिब चार क्वीन्टल खुट्टा र टाउका भेटाएको हो ।

जाडो याममा बढी माग हुने भएकाले खुट्टा र टाउकोलाई करिब ६ महिनादेखि संकलन गरेर पाँच सय लिटरका दुईवटा डि पि|mजमा लुकाएर राखेको अवस्थामा अनुगमन समितिले फेला पारेको हो ।
समितिका अनुसार यो परिमाणको पुरानो र बासी मासुजन्य पदार्थ भेटिएको रुपन्देहीमा सबैभन्दा धेरै हो ।
समितिले यो परिमाणलाई अस्वभाविक मानेको छ । उक्त मासु पसलले मापदण्ड विपरीत बासी र पुरानो मासु बेचेको गोप्य सूचना र जनगुनासो आएपछि जिल्ला संयुक्त अनुगमन समितिले अनुगमन गरेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

पुरानो र बासी मासुले फुड पोइजनिंग र झाडापखाला जस्ता रोग लाग्ने र जनस्वास्थ्यमा गम्भीर असर पुराउने हुँदा मासु पसलेलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

ठूलो परिमाणमा बासी र पुरानो मासुजन्य पदार्थ भेटिएपछि उक्त मासु पसल अर्को सूचना नहुंदासम्मका लागि शिल गरिएको वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायले जानकारी दिए ।

बुटवलकै ठूलो मासु पसल मानिने कुरैसी मासु पसलले प्रहरी, सेना, फिटनेस सेन्टर, ठूला होटलहरुमा मासु आपुर्ति गर्दै आएको थियो ।

बुटवलमा पशु बधशाला भवन बनेको ४ वर्ष पुरा हुंदा पनि सञ्चालनमा ल्याउन स्थानीय सरकारले बेवास्ता गर्दा उपभोक्ताहरु अस्वस्थकर मासु उपभोग गर्न वाध्य भएकाले तत्काल बधशाला सञ्चालनमा ल्याउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले बताए ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...