News Portal

बुटवलको मासु पसलमा खसिबोकाका ६ महिनाअघिका खुट्टा-टाउका

हिमाली संचार संवाददाता
६७६ पटक

टोपराज शर्मा
बुटवल : बुटवलको एक मासु पसलमा करिब ६ महिनादेखिका खसीबोकाका खुट्टा  र टाउका फेला परेको छ । बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैसी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले करिब चार क्वीन्टल खुट्टा र टाउका भेटाएको हो ।

जाडो याममा बढी माग हुने भएकाले खुट्टा र टाउकोलाई करिब ६ महिनादेखि संकलन गरेर पाँच सय लिटरका दुईवटा डि पि|mजमा लुकाएर राखेको अवस्थामा अनुगमन समितिले फेला पारेको हो ।
समितिका अनुसार यो परिमाणको पुरानो र बासी मासुजन्य पदार्थ भेटिएको रुपन्देहीमा सबैभन्दा धेरै हो ।
समितिले यो परिमाणलाई अस्वभाविक मानेको छ । उक्त मासु पसलले मापदण्ड विपरीत बासी र पुरानो मासु बेचेको गोप्य सूचना र जनगुनासो आएपछि जिल्ला संयुक्त अनुगमन समितिले अनुगमन गरेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

पुरानो र बासी मासुले फुड पोइजनिंग र झाडापखाला जस्ता रोग लाग्ने र जनस्वास्थ्यमा गम्भीर असर पुराउने हुँदा मासु पसलेलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

ठूलो परिमाणमा बासी र पुरानो मासुजन्य पदार्थ भेटिएपछि उक्त मासु पसल अर्को सूचना नहुंदासम्मका लागि शिल गरिएको वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायले जानकारी दिए ।

बुटवलकै ठूलो मासु पसल मानिने कुरैसी मासु पसलले प्रहरी, सेना, फिटनेस सेन्टर, ठूला होटलहरुमा मासु आपुर्ति गर्दै आएको थियो ।

बुटवलमा पशु बधशाला भवन बनेको ४ वर्ष पुरा हुंदा पनि सञ्चालनमा ल्याउन स्थानीय सरकारले बेवास्ता गर्दा उपभोक्ताहरु अस्वस्थकर मासु उपभोग गर्न वाध्य भएकाले तत्काल बधशाला सञ्चालनमा ल्याउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...