News Portal

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा हात्ती प्रभावित क्षेत्रको निरीक्षण

हिमालीसंचार संवाददाता
१९५ पटक

रबिन्द्र बराल/विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जंगली हात्तीको आक्रमणबाट घर र बालीको क्षतिको विषयमा निरीक्षण गरेका छन् ।

मोरङको भाउन्नेमा गएराती स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको थियो । पूर्वका झापा, मोरङ र सुनसरीका विभिन्न ठाउहरुमा यतिबेला जंगली हात्तीले आतंक मच्चाई रहेको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट पूर्वका झापामा दुई, सुनसरी र मोरङमा एक एकजना गरी चारजना सर्वसाधरणको ज्यान लिएको छ। 

मोरङको बेलबारी १० भाउन्ने स्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको स्थानीयको मकै, केरालगायत बालीलाई हात्तीले ठुलो क्षति पुर्‍याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवम् अनुगमन आज गरेका हुन् ।

जंगली हात्तीको आक्रमणबाट स्थानीय सर्वसाधराणलाई दुख दिने, आक्रमण गर्ने र बालीनालीमा ठूलो क्षति पुऱ्याएको बेलबारी–१० का वडाअध्यक्ष गंगाबहादुर याखाले बताए ।

आज त्यस क्षेत्रका निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले जंगली हात्तीलाई दिउँसो भन्दा रातको समयमा मानव बस्ती भित्र पस्न नदिन र नियन्त्रणमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिए । कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले २७ वटा हात्तीको हूलले मानव बस्तीमा प्रवेश गरी ठुलो जनधनको क्षति पुर्‍याएको बताए ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...